जसपाको ‘सत्ता दौड’ : कांग्रेससँग छलफल, राजनीतिलाई निकास दिन दुवै दल सहमत


प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार

जनता समाजवादी पार्टीको ‘सत्ता दौड’ जारी छ। केही दिनअघि माओवादी केन्द्र र एमालेको ओलीपक्षसँग छलफल गरेको जसपाले शुक्रबार नेपाली कांग्रेससँग पनि छलफल गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्न जसपाका शीर्ष नेताहरु बुढानीलकण्ठ पुगेका थिए। सो भेटमा जसपा नेताहरुले अन्य दलहरुलाई जस्तै कांग्रेससमक्ष पनि आफ्ना माग अगाडि सारेका छन्।

उनीहरुले संविधान संशोधन, रेशम चौधरी तथा मधेश आन्दोलनमा पक्राउ परेकाहरुको रिहाईलगायतका माग राखेका छन्। जसपा नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रमपछि उत्पन्न जटिलता अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलको हैसियतले अग्रसरता लिन कांग्रेसलाई सुझाव दिएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले अग्रसरता देखाउनुपर्ने सुझाव जसपाबाट आएको बताए। उनका अनुसार राष्ट्रिय राजनीतिलाई निकास दिन दुवै दलका नेतृत्व पंक्ति एकमत देखिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा कुनै सहमति नभएको बताए। ‘उहाँहरूले मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ,’ ठाकुरले भने, ‘हामीले पनि ठीक छ मिलेर नै जाउँ भनेका छौं।’ उनले अन्य दलहरुसँग पनि परामर्श हुने जानकारी दिए।

यसअघि जसपाको संसदीय दलको बैठक बसेको थियो। बैठकपछि नेता राजकिशोर यादवले आफूहरुले उठान गरेका मुद्दाबारे निष्कर्षमा नपुगेसम्म सत्तासमीकरणको कुनै सम्भावना नरहेको यादवले बताए। राष्ट्रियस्तरमा देखिएको समस्या समाधान गर्न कांग्रेस र वामपन्थी दलहरु असफल भइसकेकाले अब सत्ताको नेतृत्व गर्नतर्फ पहल गरिने उनको भनाइ थियो।

जसपाले अन्य दलसँगको छलफलमा पनि आफ्ना माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ। खासगरी जसपाका मागमा सरकारको नेतृत्व गरिरहेको एमालको ओली पक्ष सकारात्मक देखिएको बताइएको छ। ओलीपक्षबाट गठित सुवास नेम्वाङसहितको कार्यदलले जसपाको टोलीसँग विभिन्न चरणमा वार्ता गरिसकेको छ। ती वार्ताहरुमा एमाले टोलीले रेशम चौधरीको रिहाइका लागि सकारात्मक जवाफ दिएको जसपाका नेताहरुले सार्वजनिक रुपमै बताइसकेका छन्।

तर जसपाका नेता उपेन्द्र यादव पक्ष भने ओलीसँग सहकार्य नगर्ने पक्षमा देखिएको छ। संसदीय दलको बैठकपछि उनले प्रतिगमनकारीसँग सहकार्य नगर्ने बताएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com