झलनाथ खनाल भन्छन्–सरकार जोगाउन लाग्छु, माधव नेपाल समूह पनि पार्टीलाई एकताबद्ध गर्ने पक्षमा


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

पार्टीमै रहेर संघर्ष अघि बढाउने भन्दै पेरिसडाँडाबाट निस्किएका एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले अब केपी ओली नेतृत्वको सरकार जोगाउने पक्षमा अभिव्यक्ति दिन थालेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई वर्ष चल्नुपर्ने धारणा राखे।

‘हाम्रो एमालेको सरकार छँदैछ, यो सरकार अबको दुई वर्षे कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ,’ खनालले भने, ‘एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार दुई वर्ष जानुपर्छ म चाहन्छु।’

उनले आफूहरू सरकार जोगाउनै पक्षमा लाग्ने बताएका छन्। आफूहरू सरकार जोगाउने पक्षमा रहे पनि संसदको खेलमा के हुने भन्न नसकिने उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘संसद भनेको सर्वोच्च राजनीतिक मञ्च हो, सम्पूर्ण राजनीतिक पार्टीले खेल खेल्ने ठाउँ हो,’ उनले भने,‘नयाँ खेलको सुरुवात हुन्छ, त्यसको परिदृष्य कस्तो हुन्छ। तपाईंहरूले विस्तारै हेर्दै जानुहुनेछ।’

उता माधवकुमार नेपाल पक्षको बुधबारको भेलाले पनि विगतका कुरा बिर्सदै पार्टीको एकता, भविष्य र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर पार्टी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

सो पक्षका नेता रघुजी पन्तले प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि भएकाले अब पार्टीलाई एकताबद्ध गरेर लैजाने कुरामा केपी ओलीकै निर्णायक भूमिका रहने बताए।

उनले तत्काल एकता सम्भव नभए पनि देशभरका वामपन्थीबीच मोर्चा बनाउन पनि पहल गर्नुपर्ने बताए।

उनले धनगढीमा बुधबार केपी ओली पक्ष र माधव नेपालपक्षबीच भएको झडपको घटनालाई दुःखद भएकाले उल्लेख गर्दै भने, ‘पार्टीका सम्पूर्ण कमिटी एकताभन्दा अगाडिको अवस्थामा जहाँ थिए, सोही अवस्था रहन्छ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com