आगामी साता अध्यागमनबारेका दुई बिलमा प्रतिनिधिसभामा मतदान हुने


प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार

आगामी साता अमेरिकाको प्रतिनिधिसभामा दुईवटा अध्यागमनबारेका बिलमा मतदान हुने भएको छ । प्रतिनिधिसभाका डेमोक्रेटिक नेता स्टेनी होयरले मंगलबार डेमोक्रेटिक ककससँगको कुराकानीमा यसबारे जानकारी दिएका छन् ।

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने विषय बिलमा समावेश छ । फार्म वर्कफोर्स मोर्डनाइजेन एक्ट र अमेरिकन ड्रिम एण्ड प्रमिस एक्ट नाममा यी दुईबिलहरुमध्ये पहिलोमा कागजपत्रविहिन कृषिकामदारलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख छ ।

अमेरिकन ड्रिम एण्ड प्रमिस एक्टले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई अमेरिकामा रहने र नागरिकताको बाटोमा लैजाने विषय समेटेको छ । डेमोक्रेटिक सिनेटर डिक्स डर्बिन र लिन्ड्से ग्राहमले गत महिना बिलको सिनेट भर्सन सार्वजनिक गरेका थिए ।

डेमोक्र्याट्सहरुले अझै पनि बाइडेनको युएस सिटिजनसिप एक्ट नै पारित गराउनका लागि पहल गरिरहेका छन् । जसले अमेरिकामा रहेका डाकाले समेटेका, टीपीएसवाहक, कृषि कामदार लगायत, सन् २०२१ को जनवरी १ अगाडि अमेरिकामा कागजपत्रविहिन रहेकाहरु गरी ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजान्छ ।

अर्को साता मतदान हुने ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने युएस सिटिजनसिप एक्टमा भने होइन । सिनेट र हाउसको भर्सन सार्वजनिक भइसकेको युएस सिटिजनसिप एक्टमा कहिले मतदान हुने भन्नेबारे अझै स्पष्ट छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com