राजदुत खतिवडाको ओहोदाको प्रमाणपत्र बाइडेनबाट स्वीकार, महामारीका कारण पत्रमार्फत पेश


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

अमेरिकाका लागि नेपाली राजदुत डाक्टर युवराज खतिवडाको ओहोदाको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीकार गरेका छन् । बाइडेनले गत बुधबार खतिवडाको ओहोदाको प्रमाणपत्र स्वीकार गरेको वासिंटन डिसीमा रहेको नेपाली दूतावासबाट आज जारी वक्तब्यमा जनाइएको छ ।

ओहोदाको प्रमाणपत्र अमेरिकी विदेशमन्त्रालयमार्फत ह्वाइटहाउसमा पठाइएको थियो । खतिवडाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली जनताका तर्फबाट अमेरिकी राष्ट्रपति जो बाइडेनलाई शुभकामनासहित ओहोदाको प्रमाणपत्र पठाएका थिए । बाइडेनका तर्फबाट ओहोदाको प्रमाणपत्र प्राप्त भएको जानकारी दिदै खतिवडालाई स्वागत गरिएको छ ।

सामान्यतया भौतिक रुपमा नै उपस्थीत भएर ओहोदाको प्रमाणपत्र बुझाउने प्रचलन भएपनि कोरोनाको महामारीका कारण ओहोदाको प्रमाणपत्रमात्र पत्रमार्फत  ह्वाइटहाउसमा पठाइएको दूतावासले जनाएको छ । पूर्वराजदूत डाक्टर अर्जुनबहादुर कार्की फर्केको भोलिपल्टै खतिवडा फेब्रअरीको पहिलो साता अमेरिका आएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदुत खतिवडा नेपाली अर्थविद् तथा नेपालका पूर्व अर्थमन्त्री हुन् । उनी नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर थिए भने उनले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष अर्थशास्त्रीको रूपमा काम गरेका थिए ।

खतिवडा बिक्रम सम्बत २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए । उनी ओली मन्त्रिमण्डलका अर्थमन्त्री थिए भने गोकुल बाँस्कोटाले राजिनामा दिएपछि सुचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत जिम्मा लिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com