देशनिकालाबारे बाइडेन प्रशासनको नयाँ नीति, नोभेम्बर १ पछि सिमाबाट छिर्नेहरु पनि उच्च प्राथमिकतामा

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

बाइडेन प्रशासनले देशनिकालाको नयाँ प्राथमिकता तय गरेको छ । यसै अनुशार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसलाई नयाँ प्राथमिकताबारे निर्देशन समेत जारी गरिसकेको छ ।

९० दिनका लागि तय गरिएको उक्त निर्देशिका अनुशार निश्चित प्रकारका अपराधमा दोषी ठहरिएकाहरुलाई सार्वजनिक सुरक्षा अन्तरगत देशनिकालाका लागि अनुमति दिइएको छ । ९० दिनभित्र दीर्घकालिन नीति निर्माण गरिने र त्यतीबेलासम्मका लागि यही अस्थायी नीति कार्यान्वयनमा आउने भएको छ ।

आतंकबाद, जासुसी लगायतका कारण राष्ट्रिय सुरक्षामा खतरा रहेकाहरुपनि देशनिकालाको प्राथमिकतामा पर्ने भएका छन् । त्यस्तै सन् २०२० को नोभेम्बर १ पछि गैरकानुनी रुपमा सिमाबाट छिरेकाहरु पनि देशनिकालाको प्राथमिकतामा पर्ने भएका छन् ।

७ पेज लामो उक्त निर्देशिकाको पूर्ण पाठ

आइसका कार्यकारी निर्देशक टाइ जोन्सनले आफ्नो सिमित साधनश्रोत अहिलेका लागि राष्ट्रिय सुरक्षा, सिमा सुरक्षा र सार्जजनिक सुरक्षामा जोखिमपूर्ण व्यक्तिलाईमात्र देशनिकालामा लगाउने बताएका छन् । नयाँ नीति अनुशार आइसका एजेण्टहरुले जो सुकैलाई पनि पक्राउ गरेर देशनिकाला गर्न आवश्यक नभएको र उनीहरुले आफ्नो तजविज अधिकार सुझबुझपूर्ण तरिकाले प्रयोग गर्नसक्ने जनाइएको छ ।

गिरोहका सदस्यहरु, तस्करहरु र आतंकवादीहरुलाई देशनिकालाको उच्च प्राथमिकतामा राखिएको आइसले जनाएको छ । अमेरिकामा बसिरहेका कागजपत्रविहिनहरुले विगतमा कुनै जघन्य अपराध गरेको भएमा उनीहरु सार्वजनिक सुरक्षा अन्तरगत देशनिकालाको प्राथमिकतामा पर्नेछन् ।

कतिपय अधिकारकर्मीहरुले नोभेम्बर १ पछि सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेकाहरु देशनिकालाको प्राथमिकतामा राखिएकोमा आपत्ति जनाएका छन् । आइसका अधिकारीहरुले तोकिएको मापदण्डहरु ठीक तरिकाले पूरा नगरेकाहरुलाई देशनिकालाको प्राथमिकतामा राख्ने वा नराख्ने भन्ने सन्दर्भमा आफूभन्दा माथिका अधिकारीबाट स्वीकृति लिनुपर्ने भएको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com