अमेरिकाबाट मेक्सिको र क्यानडा अत्याश्यक बाहेकको आवतजावतमा मार्च २१ सम्म रोक


प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार

अमेरिकाबाट मेक्सिको र क्यानडामा स्थलमार्ग र फेरीबाट अत्याश्यक बाहेकको आवतजावतमा मार्च २१ सम्म रोक लगाइएको छ । यो रोक आइतबारसम्मका लागि रहेकोमा एकमहिना थप गरिएको हो ।

मार्च २१ म यस्तो रोक लगाएको एकबर्ष पूरा हुँदैछ । सुरुमा सन् २०२० को मार्च २० देखि कोरोनामहामारी नियन्त्रणका लागि यस्तो रोकको घोषणा गरिएको थियो । त्यसपछि एकएकमहिना गरेर यो रोक कैयन पटक लम्बिएको छ ।

मार्चपछि पनि यो रोक अझै लम्बिनसक्ने अनुमान गरिएको छ । सीबीपीले यात्रा गर्न पाउने र नपाउनेहरुका लागि अत्यावश्यक कामदार र अन्यमा बर्गिकरण गरेको छ ।

अमेरिका फर्कन लागेका अमेरिकी नागरिक र ग्रिनकार्डवाहकहरु, कार्गो बोकेका ट्रकहरु, अमेरिकामा काम गर्न आउनेहरु, अमेरिकामा पढ्न आउनेहरु, जनस्वास्थ्य र आपतकालिन सहायताका लागि आउनेहरु, अमेरिकी सेनाका परिवारका सदस्यहरु र सीबीपीले अत्वाश्यक निर्धारण गरेका अन्य व्यक्ति भने अमेरिका आवतजावत गर्न पाउनेछन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com