थप १० लाख डोज खोप भारतबाट भोलि नै आउने, अबको प्राथमिकतामा ६० बर्षमाथिका


प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

कोरोनाबिरुद्धको कोभिशिल्ड खोपको थप १० लाख डोज खोप भारतबाट भोलि नै नेपाल आउने भएको छ । प्रधानमन्त्री केपी केपी ओलीले शनिवार विराटनगरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन् ।

बिहीबार कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले खोप उत्पादक कम्पनी सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको थियो । बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम दिएको थियो ।

विश्व स्वास्थ्य संगठनबाट अनुदान स्वरुप उपलब्ध हुने कोभ्याक्स सुविधाअन्तर्गत अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउने जनाइएको थियो । तर उक्त  खोप आउनमा ढिलाई हुने भएपछि नेपाल सरकारले आफै २० लाख डोज भ्याक्सिन खरिद गर्ने निर्णय गरेको हो ।

कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको नेपाल सरकारले एक डोज ४ डलरका दरले रकम पठाएको थियो ।
कम्पनीले दुई हप्ताभित्र खोप पठाउने प्रतिबद्धता जनाएको थियो । खोप दुई चरणमा दश दश लाख डोजको दरले डेलिभर गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

उक्त खोप आइसकेपछि आगामी साताबाटै ६० बर्षभन्दा माथि उमेर समूहका मानिसहरूलाई खोप दिन थालिने जनाइएको छ । ६० वर्षभन्दा माथिका नेपालीहरुको संख्या झण्डै ३० लाख भएको अनुमान गरिएको छ ।

अबको चरणमा खोप केन्द्रहरूमार्फत् खोप दिलाइने भएको छ । त्यसको निम्ति ६० वर्ष माथिका मानिसहरूले नागरिकता वा अन्य सरकारी परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्नेछ । डाइलायसिस गराइरहेका वा क्यान्सर रोगीहरूलाई पनि प्राथमिकता दिइने भएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि फागुनभरमा नेपाल आउने जनाइएको छ । यसो भएमा फागुनभरमा नेपालसँग थप ४० लाख डोजभन्दा धेरै भ्याक्सिन उपलब्ध हुनेछ । चीनले नेपाललाई ३ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन अनुदान दिने बताएको र चाइनिज खोप भेरो सेललाई नेपाल सरकारले प्रयोगका लागि अनुमति दिएकाले उक्त खोप पनि छिटो आउने अपेक्षा गरिएको छ ।

भेरोसेल खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो । उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको थियो ।  नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चीनको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म ३ करोड बढीलाई दिइसकेको जनाइएको छ ।

उक्त खोपको प्रभावकारिता ७९ दशमलव ३४ प्रतिशत रहेको दावी गरिएको छ । यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका कैयन राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।

नेपालमा माघको दोश्रो सातादेखि भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाउने क्रम जारी रहेको छ । अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो ।

पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई दिइएको उक्त खोप दोश्रो चरणमा पत्रकार र कुटनीतिज्ञहरुलाई दिइएको छ । खोप अभियान आरम्भ भएको तीन साता पुग्न लाग्दा हालसम्म दुई लाखभन्दा बढीले खोप लगाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com