सिमाक्षेत्रमा एसाइलम दावी गर्दा मेक्सिको फिर्ता पठाइएकाहरुलाई अमेरिका प्रवेश सुरु


प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार

अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाइएका झण्डै २५ हजार आप्रवासीहरुलाई अदालती प्रकृयासम्म पनि अमेरिकाभित्रै आएर प्रतिक्षा गर्नका लागि सरकारले आज २५ जनालाई प्रकृयामा लगेको छ । उनीहरुलाई आज क्यालिफोर्नियाको शान सिद्रो पोर्ट अफ इन्ट्रीमा प्रकृयामा लगिएको हो ।

अमेरिकी सरकार र अन्तर्राष्ट्रिय पार्टनरहरुले अदालती प्रकृयासम्म प्रतिक्षा गर्न मेक्सिकोमा फिर्ता पठाइएकाहरुको भर्चुअल दर्ता सुरु गरेको हो । प्रतिक्षा गरिरहेकाहरुलाई स्वीकृत भएर अप्वाइन्टमेन्टको सुचना नपाएसम्म पोर्ट अफ इन्ट्रीतिर नआउन भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीबीपी वान एप्लीकेशनमार्फत प्रमाणित भएकाहरु र नेगेटिभ कोरोना परीक्षण भएका झण्डै २५ जनालाई अन्तर्राष्ट्रिय संघसंस्थाहरुले आज मेक्सिको अमेरिका सिमाक्षेत्रको शान सिद्रो पोर्ट अफ इन्ट्रीमा पठाएका थिए । उनीहरुलाई सुरक्षित र प्रभावकारी तरिकाले प्रकृयामा लगिएको जनाइएको छ ।

भिडियो हेर्नुहोस्: 

सीबीपीले सबै आवेदकको जाँचबुझ गर्नुका साथै आवश्यकता अनुशार विद्युतीय आवेदन फर्म डाउनलोड गर्न सिकाएको थियो । आइस र सीबीपीको प्रकृया पूरा भएपछि सहयोगी संघ संस्थाहरुले उनीहरुका लागि यात्राको प्रबन्ध गरेका थिए ।

अमेरिकी सरकारको विदेश मन्त्रालय र होमल्याण्ड सेक्युरिटीले संघीय, राज्य र स्थानीय स्वास्थ्य मापदण्डहरुको पूर्ण पालनाका लागि मेक्सिकोको सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र सीडीसीसँग समन्वय गरिरहेको जनाएको छ ।

आफू यो कार्यक्रम अन्तरगत योग्य भए नभएको जाँच्न मेक्सिकोमा फिर्ता पठाइएकाहरुले यो लिंकमा क्लीक गरेर भर्चुअल तरिकाले दर्ता गराउन सक्नेछन् ।

दर्ता गरेकाहरु र योग्यहरुलाई मिति, समय र उपस्थीत हुने स्थान लगायत पोर्ट अफ इन्ट्रीसहित बाँकी प्रकृयाबारे जानकारी गराइने जनाइएको छ । अन्य पोर्ट अफ इन्ट्रीहरुले अर्कोसातादेखि प्रकृया सुरु गर्ने जनाइएको छ ।

ट्रम्पले ल्याएको माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल एमपीपी अन्तरगत सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिकोमा नै पठाइएको थियो । उनीहरुलाई प्रकृयामा लैजानका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फेबु्रअरी १९ बाट पहिलो चरणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको थियो ।

राष्ट्रपतिले प्रतिज्ञा जनाएअनुशार सरकार सुरक्षित, व्यवस्थीत र मानवीय अध्यागमन प्रणालीको विकाश गर्न कटिबद्ध रहेको र पछिल्लो कदम अध्यागमन प्रणालीमा सुधार अन्तरगतको रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले जनाएका छन् ।

योग्य व्यक्तिलाई उनीहरुको मुद्दा अमेरिकामा नै सुरक्षित तरिकाले अगाडि बढाउन दिनका लागि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय सरकारहरु र गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्ने उनले बताएका छन् । यो नयाँ प्रकृया सिमाक्षेत्रमा आएर एसाइलम दावी गरेका र उनीहरुको मुद्दा अदालतमा रहेको अवस्थामा अदालती सुनुवाईसम्म प्रतिक्षाका लागि मेक्सिको फिर्ता पठाइएकाहरुको सन्दर्भमा मात्र लागु हुनेछ ।

एमपीपी कार्यक्रम अन्तरगत मेक्सिको फिर्ता नपठाइएका, अमेरिकी अध्यागमन अदालतमा मुद्दा नरहेका र अमेरिकाबाहिर रहेकाहरुका सन्दर्भमा यो प्रकृया लागु हुनेछैन । उनीहरुले भने थप जानकारीका लागि प्रतिक्षा गर्नुपर्ने जनाइएको छ । एमपीपी अन्तरगत नयाँ व्यक्तिलाई दर्ता गर्ने काम अमेरिकी सरकारले रोकिसकेको छ । एमपीपी अन्तरगत दर्ता भएका र अमेरिकामा आइसकेकाहरुका सन्दर्भमा पनि आगामी दिनमा फरक निर्देशिका जारी गरिने भएको छ ।

यो घोषणालाई अमेरिकाको सिमाक्षेत्रबाट अनियमित रुपमा व्यक्ति प्रवेशका लागि खुला गरिएको भन्ने गलत ढंगले अर्थ नलगाउन समेत सुझाव दिइएको छ । योग्य व्यक्तिलाई तोकिएको मिति र स्थानबाटमात्र प्रवेशको अनुमति दिइने जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com