रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको हो ।
क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन् । घाइते हुनेमा प्रचण्ड-नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत छन् । झडपमा एक जनाको दाँत र एक जनाको हात भाँच्चिएको एक विद्यार्थी नेताले बताए। उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्नलाई कारबाही गर्न घाइतेहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।