यसकारण चार श्रेणीमा पर्नेले तेश्रो राहत चेकका लागि छिटो ट्याक्स फाइल गनुपर्ने


प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार

अमेरिकामा आईआरएसले शुक्रबारदेखि ट्याक्स फाइल स्वीकार गर्न सुरु गरेको छ । केही श्रेणीका व्यक्तिलाई यथाशीघ्र ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । तेश्रो चरणको राहत चेक संसदबाट पारित भइनसकेपनि हुने सम्भावना भएकाले राहत चेकको सम्पूर्ण अंश प्राप्त गर्न केही व्यक्तिले यथाशीघ्र ट्याक्स फाइल गर्न आवश्यक छ ।

पहिलो, सन् २०२० मा अमेरिका आएका र राहत चेक प्राप्त नगरेकाहरुले विगतका राहत चेक प्राप्त गर्नमात्र होइन, आगामी राहत चेक प्राप्त गर्नसमेत यथाशीघ्र ट्याक्स फाइल गर्न जरुरी छ । उनीहरुले आम्दानीको थ्रेसहोल्डको मापदण्ड पूरा गरेमा विगतका दुईवटा राहत चेक रिफण्डका रुपमा पाउनेछन् भने आगामी राहत चेक बैंक एकाउन्टमा प्राप्त गर्नेछन् ।

दोश्रो, सन् २०१९ मा धेरै आम्दानी गरेका कारण राहत चेक नपाएका वा कम पाएकाहरुले सन् २०२० मा कोरोनाको महामारीका कारण आम्दानी गुमाएका हुनसक्छन् । उनीहरुले पनि यथाशीघ्र ट्याक्स फाइल गरेमा तेश्रो चरणको राहत चेकको उचित मात्रा प्राप्त गर्नेछन् । यदि संसदबाट बिल पारित हुने बेलासम्म ट्याक्स फाइल नगरेमा आईआरएसले सन् २०१९ कै ट्याक्स फाइलमा भर परेर रकम पठाउने सम्भावना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेश्रो, सन् २०२० मा बच्चा जन्माएकाहरुले पनि यथाशीघ्र ट्याक्स फाइल नगरे बच्चाका लागि प्राप्त हुने राहत चेक प्राप्त गर्न अर्को बर्ष कुनुपर्ने हुनसक्छ । सन् २०२० मा जन्मेको बच्चालाई समावेश गरेर यथाशीघ्र ट्याक्स फाइल गर्दा विगतका दुईवटै राहत चेक प्राप्त हुनेमात्र नभई आगामी राहत चेक पनि नियमित समयमै प्राप्त गर्न सकिनेछ । नत्र २०२२ मा ट्याक्स फाइल गर्दामात्र तेश्रो राहत चेकको रकम दावी गर्ने अवस्था आउनसक्छ ।

चौथो, डिभोर्स वा विवाह गरेकाहरुले पनि ट्याक्स फाइल यथाशीघ्र गर्नु उपयुक्त हुनेछ । यसो हुँदा आईआरएसले तेश्रो राहत चेक पठाउँदा पछिल्लो वैवाहिक अवस्थाका आधारमा पठाउनेछ । अन्यथा डिभोर्स भएको व्यक्तिको खातामा आफ्नो सबै रकम जानसक्ने सम्भावना समेत रहनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com