बेरोजगारी विमा र राहत चेकको रकम कसरी ट्याक्समा रिपोर्ट गर्ने ? राहत नपाएकाले के गर्ने ?


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले शुक्रबारदेखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्ने भएको छ । यो बर्ष बेरोजगारी विमा र राहत चेकको रकम कसरी ट्याक्समा रिपोर्ट गर्ने ? राहत चेक नपाएकाले राहत चेक पाउन के गर्ने ? ट्याक्स क्रेडिटहरु कसरी प्राप्त गर्ने लगायतका कैयन प्रश्नहरु ट्याक्स फाइल गर्ने व्यक्तिमा मनमा उब्जिएका छन् ।

यी सबै प्रश्नको जवाफ खोज्न खसोखासले फरबरी १२ शुक्रबार न्युयोर्क समय बेलुका ७ बजे लाइभ कार्यक्रम गर्ने भएको छ । चर्चित सीपीएस विराज रिजालले खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको कुराकानीमा यसबारे जवाफ दिने प्रयास गर्नेछन् ।

अमेरिकामा कोरोनाको महामारीका कारण पहिलो र दोश्रो चरणको राहत चेकका लागि योग्य भएका तर कुनै कारणवश राहत चेक प्राप्त गर्न नसकेकाहरुले ट्याक्स फाइल गर्दा उक्त रकमको क्रेडिट प्राप्त गर्नेछन् ।

यसपटक सकभर विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । छिटो रिफण्ड प्राप्त गर्न चाहनेहरुले पनि विद्युतीय रुपमा ट्याक्स फाइल गर्नुपर्ने र डिपोजिटका लागि बैंक एकाउन्ट दिंदा उपयुक्त हुने आईआरएसको सुझाव रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटक कोरोनाको महामारीका कारण कैयनले बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरेकाले १०९९ जी समेत रिपोर्ट गर्नुपर्नेछ । ट्याक्स विथहोल्ड नगरी पूरै रकम लिएकाहरुले ट्याक्स फाइल गर्दा रकम तिर्नुपर्ने अवस्था समेत आउनसक्छ ।

सन् २०२० मा जन्मिएको बच्चाका लागि पनि सुरुको ५ सय डलर र दोश्रोपटकको ६ सय डलरको राहत चेक प्राप्त हुनेछ । तर उक्त बच्चाको विवरण ट्याक्स फाइल गर्दा समावेश गर्नुपर्छ ।

रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।

तपाई अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि पनि योग्य हुनसक्ने सम्भावना रहन्छ । तर त्यसका लागि तपाईसँग भएका बालबच्चाका आधारमा आम्दानीको थ्रेसहोल्ड तोकिएको हुन्छ ।

अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

सामान्यतया यदि तपाई बच्चा नभएका विवाहित दम्पत्ति हुनुहुन्छ भने तपाईको कुल आम्दानी सन् २०२० मा २१ हजार २१० भन्दा धेरै हुनुहुँदैन । तर तपाईका तीनवटासम्म बच्चा छन् भने ५६ हजार ८ सय ४४ डलरभन्दा कम आम्दानी हुनेहरु पनि योग्य हुनसक्छन् । यसमा आईआरएसका अरु मापदण्डहरु पनि पूरा गर्नुपर्छ ।

अर्नड इन्कम ट्याक्स क्रेडिटबारे थप जानकारीका लागि यहाँ हेर्नुहोला । 

यो क्रेडिट बच्चा नभएकाहरुले एकजनाले ५३८ डलरसम्म र बच्चा हुनेहरुले ६ हजार ६ सय ६० डलरसम्म प्राप्त गर्नसक्छन् । कोरोना महामारीबाट प्रभावितलाई बढी रकम प्रदान गर्न यो नियम केही ट्वीस्ट समेत गरिएको छ । अर्थात् तपाईले बढी क्रेडिट प्राप्त गर्न २०२० वा २०१९ मध्ये जुनसुकै बर्षको आम्दानीको आधार छनौट गर्न सक्नुहुनेछ ।

यदि तपाई रिफण्डयुक्त चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य हुनुहुन्छ भने पनि त्यस्तै नियम लागु हुनेछ ।

चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

यदि साना व्यवसायीहरुले अनुदानमा रुपान्तरण भइसकेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकम प्राप्त गरेर विजनेश खर्चमा लगाएको भएमा आम्दानी बाहिरबाट भुक्तान गरेको सन्दर्भमा संघीय ट्याक्स रिटर्नमा त्यो खर्च घटाउन पाउनेछन् । मिनाहा दिइएको ऋण ट्याक्स फ्रि रकमका रुपमा रहनेछ ।

यी लगायतका कैयन विषयमा थप जानकारीका लागि शुक्रबार बेलुका ७ बजेको कार्यक्रम हेर्ने प्रयास गर्नुहोला ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com