खर्चिलो बन्दै आन्दोलन र समर्थन


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन् । ती कार्यक्रममा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माइक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसारलगायतमा ठूलो खर्च हुने गरेको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौँमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताए। यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौँ गएको उनको भनाइ छ । यी कार्यक्रममा साना गाडी पनि ठूलो सङ्ख्यामा गएका थिए । एउटा बसले चितवनदेखि काठमाडौँसम्म जाँदा आउँदा रु २५ हजार हाराहारी भाडा लिने गर्दछन् । नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ ।

यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ । परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर खर्च जुटाउने गरेको बताए । उनका अनुसार कतिपय कार्यकर्ता आफैँले खर्चको व्यवस्थापन गर्ने गरेका छन् । नेकपा ओली पक्षले जिल्लामा माघ १७ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा जनसभा आयोजना गर्यो । सो सभामा १०० हाराहारी बसले जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारेका थिए । सोही पक्षले माघ २३ गते काठमाडौँमा यहाँबाट ठूलो सङ्ख्यामा कार्यकर्ता लगेको थियो । भरतपुर महानगरपालिका–११ बाट मात्रै चार वटा बसमा कार्यकर्ता लगेको स्थानीय नेता ईश्वरी पण्डितले जानकारी दिए ।

जिल्लाका सात पालिकामा ९८ वटा वडा छन् । ती सबै वडाबाट धेरथोर कार्यकर्ता सभामा गएका थिए । पण्डितका अनुसार एउटा बसलाई रु २१ हजारका दरले आवतजावत भाडा बुझाइएको थियो । कार्यकर्ता कतिपयले आफ्नै खर्चमा खाजा खाना खाए पनि केहीलाई भने खाना खाजाको व्यवस्था गरिएको थियो । सो पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावल जिल्लाबाट काठमाडौँ कति सवारी गए भन्ने यकिन सङ्ख्या आइनसकेको बताउनुहुन्छ । यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्ला तहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभापति जीतनारायण श्रेष्ठका अनुसार मङ्सिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीयस्तरको, पुस २५ गते प्रदेशस्तरको, माघ ३ गते नगरस्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भइसकेका छन् । फागुन ३ गतेको विरोधसभाको तयारीमा रहेको उनले जानकारी दिए। ती सबै कार्यक्रममा झण्डा, माइकिङ, अन्य प्रचारप्रसार, स्टेजलगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु एक लाखदेखि दुई लाखसम्म खर्च हुने गरेको छ । यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ ।

खर्चको लेखाजोखा नहुने भए पनि निकै खर्चिलो हुने गरेको नेता बताउँछन् । सबै पक्षले निकट उद्योगी व्यवसायीसँग सहयोग जुटाउने गरेका छन् । बाहिर चन्दा नउठाइएको भए पनि आन्तरिकरूपमा खर्चको व्यवस्थापन भने गरिरहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ संस्थागतरूपमा चन्दा नमागेको बताउँछन्। उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले पार्टी निकट उद्योगी व्यवसायीसँग स्वेच्छिक चन्दा मागेको बताए । उनले भने , “म निकटको पार्टीले सहयोग गर्नुपर्यो भनेका छन्, मेरो भागमा कति पर्छ दिन्छु भनेको छु । सबैको यस्तै हो ।” हेर्दा सामान्य लाग्ने भए पनि यस्ता कार्यक्रममा लाखौँ रुपैयाँ खर्च भइरहेको छ । खर्च व्यवस्थापन गर्ने जिल्लाका नेतालाई धौधौ पर्ने गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com