लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटै प्रदेशका जनताको जनसहभागिता हेर्न लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन आग्रह गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आगामी फागुन १ गते वुटवलमा हुन लागेको ओली समूहको बृहत भेलामा जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा आउन आग्रह गरेका हुन् ।
आज राजधानीमा भएको प्रचण्ड-माधव समूहको भेलालाई संकेत गर्दै पोखरेलले फेसबुकमा लेखेका छन्, ‘देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ । राजधानीका पत्रकार मित्रहरुलाई ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।