छोरा गुमाएकी आमाको पीडा


प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार

श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आएकी थिइन् । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उनको भनाइ छ ।

साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न थालेको थाहा पाएपछि छोरा बिग्रने डरले आमा नसिमुन मियाँले १७ वर्षीय छोरा अजिज मियाँलाई सुधारगृहमा राख्ने निर्णय गरिन् ।

सुधारगृहमा राख्ने सिलसिलामा जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेँसीस्थित न्यू डे फेलोसिप नेपालमा मासिक रु १५ हजार तिर्ने गरी असार २७ गते छ महिनाका लागि सम्झौता गरी उक्त सुधारगृहमा राखेको उनले बताइन् । पुस २७ गते सम्झौता अवधि सकिँदै थियो, छोरा सुध्रिएर आउला र जीवनको एउटा सहारा बन्ला भन्ने सपना देखेकी आमाले एक्कासि छोरा गुमाउन पुगेपछि ‘खुर्पाको चोट अचानोलाई मात्रै थाहा हुन्छ’ भने जस्तो हुन पुग्यो । “सोही रात नराम्रो सपना देखेँ । उठेर घडी हेरेँ रातको १ बजेको रहेछ”, उनले भनिन्, “छोरालाई फोन गरुँ कि झैँ लाग्यो । होइन रातिको समयमा नगरुँ झैँ लाग्यो र गरिनँ ।” बिहान करीब ४ बजेको समयमा फोन आयो । तपाईंको छोराले आत्महत्या गरेछन् । छाँगाबाट खसे झैँ भएँ र बेहोस भएछु, आँसु झार्दै नसिमुन मियाँले दुःखेसो पोखिन् ।

घटनास्थलमा गएर हेर्दा टाउको निहुराउनुपर्ने स्थानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको रहेछ, बचाउन सकिन्छ कि भनेर पासो काटेको भनी सुधारगृह सञ्चालकले जानकारी दिएको उनको भनाइ छ । घटनास्थलको अवस्था हेर्दा झुण्डिएर आत्महत्या गरेको विश्वास लागेन र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन जाँदा लिन नमानेको उनको दुःखेसो छ । तीन पटकसम्म प्रहरी कहाँ धाएँ सञ्चालकको नाउँ नहटाएसम्म जाहेरी लिन मानेन । प्रहरीको भनाइअनुसारको जाहेरी लिएर गएपछि मात्रै प्रहरीले नाउँमा पूरक जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर जाहेरी लिन नमानेको भन्दै निवेदन दिएपछि सरकारी वकिलको कार्यालयबाट पत्र पठाएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुधारगृह सञ्चालक पवन चुमी थापामगर र कर्मचारी जीतेन्द्र खत्रीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ भने अन्य चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गत मङ्सिर २७ गते सुधारगृहमा रहेका छोरालाई भेट्न जाँदा सुधारगृहका कर्मचारी खत्रीले कुटेर यातना दिने गरेको बताएका थिए । एक्लो छोरा भएकाले कुटपिट नगर्न आग्रह गर्दै आए पनि बेवास्ता गर्दै यातना दिने र कुटपिट गर्ने गरेको जानकारी पाएको आमा नसिमुन मियाँले बताइन् । सुधारगृहमा बसेको तीन महिनापछि मोबाइल लिन पाउने प्रावधानअनुरुप छोरालाई मोबाइल पठाइदिएको भए पनि मोबाइल नदिई तिनै कर्मचारी खत्रीले नै लिएको खुल्न आएको छ ।

पुस २७ गते सुधारगृहबाट भाइलाई निकालेर माघको १ गतेदेखि चितवनमा लगेर आफूसँगै राख्ने र भाइको आनीबानीमा सुधार गर्ने अभिलाषाका साथ सुधारगृहमा जाने सपना चकनाचुर भएको स्वास्थ्यकर्मी एवं दिदी रविना मियाँले बताइन् ।

व्यवस्थापन फितलो
उक्त सुधारगृहमा तुना भएको जुत्ता, गलबन्दी, पेटीलगायत सामग्री लैजान मनाही गरिएको भए पनि गलबन्दीको पासो लगाएर आत्महत्या गरिएको भनी ढाकछोप गर्न खोजिएको मृतककी दिदी रविना मियाँले बताइन् । सर्वप्रथम सुधारगृहमा सिसी क्यामेरा जडान अनिवार्य गर्नुपर्ने व्यवस्था रहे पनि क्यामेरा जडान नगर्नु सञ्चालकको कमीकमजोरी भएको उनको भनाइ छ ।

सोही सुधारगृहमा बस्दै आएका व्यास नगरपालिका–१२ का सोमबहादुर भुजेलले सुर्ती खाना दिएको र सुर्ती खाएको निहुँमा कर्मचारी खत्रीले अजिज मियाँलाई यातना दिएको प्रहरीसमक्ष बताएका छन् । सुर्ती दिनेलाई कारवाही नगर्ने खानेलाई मात्रै किन सजाय गरियो उल्टै प्रश्न गर्दै मृतककी दिदी रविनाले भनिन्, “मेरो भाइको आत्महत्या नभई हत्या नै गरिएको हो ।” उक्त सुधारगृह विगत तीन वर्षदेखि नवीकरण नगरी अवैधानिकरुपमा सञ्चालन हुँदै आएको बताइएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा छजनालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com