नेविसंघद्वारा लुम्बिनी वाणिज्य क्याम्पसको प्रशासनमा तालाबन्दी
प्रकाशित मिति : माघ २६, २०७७ सोमबार
नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । आफूहरुको मागका बिषयमा पटकपटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकोले बाध्य भएर तालाबन्दी गरेको कमिटी अध्यक्ष सुरज क्षेत्रीले बताए ।
तालाबन्दीपछि सह-प्राध्यापक नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका ईकाई सभापति सुरज क्षेत्रीले विज्ञप्ति जारी गर्दै क्याम्पसले autonomous को नाममा नाफा कमाउने क्याम्पसको रुपमा जान लागेको बताउदैं तत्कात autonomous को पुर्ण रुपमा खारेज गर्न माग गरेका छन् ।
यस्तै विज्ञप्तीमा अम्बिलम्बन BBS को entrance खुलाई BBS को भर्ना सुरु गर्न पनि माग गरिएको छ । BBA-FA र MBS-F मा २०% शुल्क घटाउनुपर्ने, लकडाउन अवधिभरको शुल्क मिनाहा गर्नुपर्ने, theory along with practial शैक्षिक प्रणालीलाई अघि सारी पुर्ण रुपमा लागू गर्नुपर्ने, विद्यार्थीहरुलाई शुल्क बुझाउँदा झन्झटिलो भएको भन्दै मोबाईल बैंकिङको संचालन गर्नुपर्ने र मिति २०७४/११/३० मा सहमती भएका ६ बुंदे माग अबिलम्ब पूरा गर्नुपर्ने माग राखेको छ ।
संघले आफ्ना मागहरु ५ दिन भित्रमा सुनुवाइ नभए क्याम्पस प्रशासनविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउनेपनी चेतावनी दिएको छ ।






