क्याच एण्ड रिलिज: छिरेको ७२ घण्टापछि पक्राउ कागजपत्रविहिनलाई रिहा गरिने


प्रकाशित मिति : माघ २४, २०७७ शनिबार

बाइडेन प्रशासनले मेक्सिकोसँगको सिमाक्षेत्रमा क्याच एण्ड रिलिज नीति पुन सकृय बनाएको छ । राष्ट्रपति जो बाइडेनले गत मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले क्याच एण्ड रिलिज नीति कार्यान्यवनमा ल्याएको हो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नीतिको अन्त्य गरेका कारण सिमाक्षेत्रमा पक्राउ परेका कागजपत्रविहिनहरुलाई सुपरभिजनमा रिहा गर्न बन्द गरिएको छ । बाइडेनले अध्यामगन प्रकृया चलुन्जेल कागजपत्रविहिनलाई अमेरिकामा नै बसेर प्रतिक्षा गर्न मिल्ने नीतिका लागि कार्यकारी आदेश जारी गरेका छन् ।

एक्सक्लुसिभ: अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली, बाइडेनकालमा रिहा हुने आशा

अब सीबीपीलाई सिमाक्षेत्रबाट अमेरिका छिरेको ७२ घण्टा ननाघेका कागजपत्रविहिनलाई मात्र पक्राउ गरेर हिराशतमा राख्न अनुमति दिइएको छ । लामो समयदेखि अभ्यास हुँदै आएको नीति अनुरुप लामो समयसम्म कागजपत्रविहिनलाई हिराशतमा राख्ने अवस्था नहुँदा केही आप्रवासीहरुलाई नोटिस टु अपियर प्रदान गरेर अध्यागमन प्रकृया चलुन्जेलसम्म अमेरिकामा नै बस्न पाउने व्यवस्था गरिदै आएको सीबीपी प्रवक्ता रोड काइसको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनबाट आइसमाथि नियन्त्रण, देशनिकालाका उडानहरु रद्द

कोरोना महामारीका कारण यो अवस्थामा व्यक्तिलाई लामो समय भींडभाडयुक्त स्थानमा नराख्नका लागि आफूहरुले विद्यमान सबै अधिकारहरुको प्रयोग गर्ने सीबीपी प्रवक्ताको भनाई छ । क्याच एण्ड रिलिजको नीति अन्तरगत अब सीबीपीले कागजपत्रविहिनहरुलाई अब नोटिस टु अपियर प्रदान गरेर रिहा गर्नसक्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com