कामदार भिसामा यो बर्षपनि पूरानै लोटरी प्रणाली, जनवरी ८ मा ल्याएको नियम डिसेम्बर ३१ पछि


प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार

मार्च ९ देखि लागु गर्नेगरी जनवरी ८ मा ट्रम्प प्रशासनले कामदार भिसा एचवानबीमा लोटरी प्रणाली हटाएर पारिश्रमिकका आधारमा छनौट गर्नेगरी ल्याएको नयाँ नियम बाइडेन प्रशासनले यो बर्ष लागु नगर्ने भएको छ । मार्च ९ देखि लागु हुने तय भएपनि युएससीआईएसले परीक्षण, विकाश र लागु गर्नका लागि प्रयाप्त समय दिने उद्देश्यले यो नियम सन् २०२१ को डिसेम्बर ३१ बाटमात्र लागु गर्ने तय भएको छ ।

नयाँ नियम कार्यान्वयनमा ढिलाई गरिदा युएससीआईएसलाई कामदार भिसा एचवान बीको दर्ता प्रकृयामा ल्याइएको नयाँ सुधार लागु गर्ने विषयमा कर्मचारीलाई तालिम दिन र सरोकारवालाहरुलाई नयाँ नियममा आउनका लागि समय दिन समेत मौका मिल्ने भएको छ । यसपटक कामदार भिसाको लोटरी पूरानै नियम अनुशार नै संचालन हुने भएको छ ।

नियम कार्यान्वयनमा ढिलाई गर्नेगरी फेडरल रजिष्टरमा सोमबार प्रकाशित हुने नियमको पूर्ण पाठ

ट्रम्प प्रशासनले अमेरिकी कामदार भिसाको चालु लोटरी प्रणालीको नियम खारेज गर्ने नयाँ नियम आज फेडरल रजिष्टरमा प्रकाशित गरेको थियो । यो नियम अनुशार कामदार भिसा एचवानबीको चालु लोटरी प्रणाली हटाएर डिपार्टमेन्ट अफ लेवरको चार स्तरको पारिश्रमिक प्रणालीका आधारमा छनौट गरिनेछ । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत नोभेम्बरमा फेडरल रजिष्टरमा प्रकाशित यो नियमको कमेन्ट अवधि गत डिसेम्बर २ मा सकिएकाले जनवरी ८ मा अन्तिम नियम प्रकाशित गरिएको हो । यो नियम अनुशार सबैभन्दा धेरै पारिश्रमिक भएका आवेदकलाई पहिलो प्राथमिकता दिइनेछ भने कामदार भिसामा कम्प्युटरबाट लोटरी प्रणालीको अन्तय हुनेछ ।

जनवरी ८ मा प्रकाशित नियमको पूर्ण पाठ पढ्नुहोला ।

अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत मार्चदेखि भने विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो । .

यो नियम ६५ हजारको नियमित कोटा र २० हजारको एड्भान्स डिग्री कोटा दुबैमा लागु हुनेछ । पारिश्रमिक स्तरका आधारमा उच्च पारिश्रमिक भएका एचवानबी आवेदनहरुको संख्या तोकिएको भन्दा धेरै भएको खण्डमामात्र लोटरी प्रणाली लागु गरिने जनाइएको छ ।

अमेरिकाको कामदार भिसा एचवान बी कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्ने छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ ।

यो भिसाका लागि नेपाल वा अमेरिकाबाहिरको अन्य मुलुकबाट अमेरिका आउन चाहने व्यक्ति आफैले आवेदन दिन मिल्दैन । अमेरिकन कम्पनीले जागिरको अफर गरिसकेपछि उक्त व्यक्तिलाई अमेरिकामा ल्याउनका लागि कामदार भिसा एचवान बीका लागि आवेदन दिनसक्छ ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com