मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तीव्र


प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार

मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडवर्क्स’  निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवर्क्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ । ‘हेडवर्क्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उनले भने, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।”

गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै  निर्माणस्थलमा काम गरेका थिए ।

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै स्थानीय तहले मालबाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । त्यो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उनले बताए । उनले भने, “कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने सरकारले निर्णय गरेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडवर्क्स’  निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क्स’  को बाँकी काम अघि बढाएको छ ।

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडवर्क्स’  को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ ।

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ । इटालियन निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।  रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com