अक्टोबर १ पछिका १२ महिनामा १ लाख २५ हजारलाई शरण दिने बाइडेनको घोषणा


प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी अक्टोबर १ पछिका १२ महिनामा १ लाख २५ हजार शरणार्थी स्वीकार गर्ने घोषणा गरेका छन् । आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बढीमा १५ हजारमात्र शरणार्थी स्वीकार गर्नेगरी कोटा लगाएकाले आगामी आर्थिक बर्षमात्र बाइडेनले नयाँ कोटा तय गर्नसक्नेछन् ।

बाइडेनले आज शरणार्थी कार्यक्रमलाई पुनस्थापनाका लागि कार्यकारी आदेश स्वीकृत गरेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयमा विदेशमन्त्री र विदेशमन्त्रालयका कर्मचारीसँगको भेटघाटपछि विशेष सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् । शरणार्थी कार्यक्रममा अमेरिकाको नेतृत्व कायम गर्नका लागि बाइडेनले धेरै शरणार्थी भित्राउने योजना बनाएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयमा जो बाइडेन

डोनाल्ड ट्रम्पले शरणार्थीहरुको बार्षिक कोटा घटाउँदै लगेकोमा जो बाइडेनले चुनावी अभियानताका नै यो संख्या उल्लेख्य बृद्धि गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । ट्रम्पले चालु आर्थिक बर्षका लागि शरणार्थीको संख्या कोटा घटाएर १५ हजारमा झारेका छन्, जुन सन् १९८० यताकै सबैभन्दा कम हो ।

डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आर्थिक बर्ष सन् २०१७ का लागि पूर्व राष्ट्रपति बराक ओबामाले शरणार्थीको बार्षिक कोटा १ लाख १० हजार कायम गरेका थिए । तर उक्त बर्ष जम्मा ५३ हजार १ सय १६ जना शरणार्थीलाईमात्र स्वीकार गरिएको थियो ।
त्योभन्दा अगाडिको आर्थिक बर्ष २०१६ मा ओबामाले शरणार्थीको बार्षिक कोटा ८५ हजार तोकेका थिए । उक्त बर्ष ८४ हजार ९ सय ९४ शरणार्थी अमेरिका आए, जुन सन् १९९९ पछिकै सबैभन्दा धेरै हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालबाट अमेरिका आउने भुटानी शरणार्थीको संख्या यस्तै कोटामा आधारित थियो । तर यो कोटामा अमेरिकाभित्रै आएर एसाइलम दावी गर्नेहरुको संख्या भने पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com