बाइडेनबाट अमेरिकी अध्यागमनमा सुधारका लागि तीन कार्यकारी आदेश जारी


प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ बाइडेनले आज अध्यागमनबारे थप तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । तर आज जारी कार्यकारी आदेशको तत्काल प्रभाव पर्ने नभई ट्रम्पकालिन नीतिको पुनरावलोकनका सन्दर्भमामात्र महत्वपूर्ण मानिएको छ ।

बाइडेनबाट आज जारी एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले गर्नेछन् । सिमाक्षेत्रमा हजारौं परिवारलाई अलग गराउने ट्रम्प प्रशासनको नीतिलाई उल्टाउने प्रतिबद्धता जनाउँदै आएका बाइडेनले निर्माण गरेको टास्क फोर्स उक्त प्रयासको मुख्य भाग रहेको जनाइएको छ ।

टास्क फोर्सले बिछोडिएका बुबाआमा र बालबालिका पत्ता लगाउनका लागि अमेरिकी सरकार, सरोकारवालाहरु, प्रभावित परिवारका प्रतिनिधिहरु लगायतसँग समन्वय गर्नेछ । टास्क फोर्सले नियमित रुपमा राष्ट्रपतिलाई रिपोर्ट उपलब्ध गराउने छ र भविश्यमा यस्तो वियोग आउन नदिन नीति निर्माणका लागि समेत उचित कदम सिफारिस गर्नेछ । बाइडेनले कुनै नयाँ नीतिको घोषणा गरेको नभई खराब नीतिहरु हटाउँदै गरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यकारी आदेशमा पहिले नै देशनिकाला भइसकेका बाबुआमाहरुलाई उनीहरुका अमेरिकामा रहेका छोराछोरीसँग मिलनका लागि कुनै विशेष संरक्षणको व्यवस्था भने गरिएको छैन । टास्क फोर्सको केबल परिवारहरु बिछोडिएको अवलोकनमात्र गर्नेछ ।

टास्क फोर्स निर्माणबारे पहिलो कार्यकारी आदेशको पूर्णपाठ

दोश्रो कार्यकारी आदेशले सेन्ट्रल अमेरिकन माइनर कार्यक्रम लगायतका अध्यागमनबारेका कार्यक्रमहरुको पुनरावलोकन गर्नेछ । यो कार्यक्रम ओबामाकालमा सुरु भएको थियो । यो कार्यक्रमले बिछोडिएका बालबालिकाहरुलाई अमेरिकामा रहेका परिवारसँग मिलनका लागि अनुमति दिन्छ । ट्रम्पले यो कार्यक्रम सन् २०१७ मा खारेज गरेका थिए ।

यो कार्यकारी आदेशले सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई प्रकृया चलुन्जेल मेक्सिको फिर्ता पठाउने नीतिको पुनरावलोकन गर्नेछ । यो कार्यक्रमका कारण सिमाक्षेत्रमा आएर एसाइलम दावी गरेका दशौं हजार व्यक्तिलाई अदालती प्रकृया चलुन्जेलका लागि भन्दै मेक्सिकोमा नै फिर्ता पठाइएको छ ।

सिमाक्षेत्रमा एसाइलम गर्नेलाई मेक्सिको फिर्ता पठाउने लगायतका नीतिको पुनरावलोनका सन्दर्भमा कार्यकारी आदेशको पूर्णपाठ

तेश्रो कार्यकारी आदेशले विदेश मन्त्रालय, न्याय मन्त्रालय र गृह मन्त्रालयलाई ट्रम्पकालमा लागु गरिएका अध्यागमनबारेका नीति र निर्देशिकाको पुनरावलोकनका लापग निर्देशन दिएको छ । कानूनी अध्यागमन प्रणालीमा अवरोध उत्पन्न गर्ने सबै नीतिको पुनरावलोकनका साथै पब्लिक चार्जको नीतिबारे पनि पुनरावलोकनका लागि निर्देशन दिइएको छ ।

अमेरिकामा आएर स्वास्थ्य, आवास वा खाद्यान्नबारे सरकारी सुविधा लिनेहरुका सन्दर्भमा उनीहरुले सुविधा लिएको रकम उनीहरुलाई स्पोन्सर गर्नेहरुबाट तिराउने ट्रम्पको मेमोलाई बाइडेनले खारेज गरेका छन् । यो मेमो ट्रम्पले सन् २०१९ को मे २३ मा जारी गरेका थिए । बाइडेनले त्यसलाई खारेज गर्दै पुनरावलोकनका लागि एजेन्सीलाई निर्देशन दिएका छन् ।

पब्लिक चार्ज लगायतका नीतिको पुनरावलोनका सन्दर्भमा कार्यकारी आदेशको पूर्णपाठ

बाइडेनले आज जारी कार्यकारी आदेशको मर्म केवल ट्रम्पकालिन नीतिहरुको पुनरावलोकनमात्र रहेको छ । बाइडेनले कार्यकारी आदेशमार्फत कुनै ठोस कदम चालेका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com