आज अध्यागमनबारेका यी महत्वपूर्ण कार्यकारी आदेश जारी गर्दै बाइडेन


प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अत्यत्नै महत्वपूर्ण कार्यकारी आदेशहरु जारी गर्ने भएका छन् । सपथग्रहण गरेको पहिलो दिनमा नै ११ मिलियन कागजपत्रविहिनलाई कागजपत्रको बाटोमा लैजाने अमेरिकी नागरिकता ऐन संसदमा पठाएका बाइडेनले आज एसाइलम लगायतका सन्दर्भमा कार्यकारी आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ ।

सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि आज बाइडेनले टास्क फोस्कको निर्माण गर्नेछन् । सिमाक्षेत्रमा हजारौं परिवारलाई अलग गराउने ट्रम्प प्रशासनको नीतिलाई उल्टाउने प्रतिबद्धता जनाउँदै आएका बाइडेनले निर्माण गर्ने टास्क फोर्स उक्त प्रयासको मुख्य भाग हुनेछ ।

टास्क फोर्सले बिछोडिएका बुबाआमा र बालबालिका पत्ता लगाउनका लागि अमेरिकी सरकार, सरोकारवालाहरु, प्रभावित परिवारका प्रतिनिधिहरु लगायतसँग समन्वय गर्नेछ । टास्क फोर्सले नियमित रुपमा राष्ट्रपतिलाई रिपोर्ट उपलब्ध गराउने छ र भविश्यमा यस्तो वियोग आउन नदिन नीति निर्माणका लागि समेत उचित कदम सिफारिस गर्नेछ । आजको बाइडेनको आदेशले बाबुआमाबाट बालबालिकालाई अलग गराउने नीतिको पक्षमा रहेको ट्रम्पको आदेश उल्टाउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको आज जारी गर्ने कार्यकारी आदेशले मेक्सिकोसँगको अमेरिकी सिमाक्षेत्रबाट अनियमित प्रवेशलाई सम्बोधन गर्दै मानवीय एसाइलम प्रणाली निर्माणका लागि रणनीति तयार गर्नेछ । ट्रम्पको नीतिले सिमाक्षेत्रमा अराजकता, निर्ममता र अन्यौल श्रृजना गरेको अवस्थामा बाइडेनले ट्रम्प प्रशासनले लिएका कैयन नीतिलाई उल्टान सुरुवात गर्नेछन् ।

बाइडेनले सिमाक्षेत्रमा सुरक्षा, कानूनसम्मत र विधिसम्मत योजना घोषणा गर्नेछन् । पहिलो आप्रवासीहरुले घर छाड्नुपर्नाको कारणलाई सम्बोधन गर्ने प्रयास गरिनेछ । दोश्रो, जोखिममा रहेकाहरुलाई अमेरिकामा मात्र नभई उनीहरुको घर नजिक शरण र सुरक्षाको व्यवस्था मिलाउनका लागि विभिन्न विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्थाहरु लगायतसँग समन्वय गरिनेछ । तेश्रो, अमेरिकामा शरण खोज्नेलाई उचित कानूनी बाटो प्रदान गरिनेछ ।

सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई प्रकृया चलुन्जेल मेक्सिको फिर्ता पठाउने नीतिको पुनरावलोकनका लागि निर्देशन दिइसकिएको छ । आजको कार्यकारी आदेशले अमेरिकामा एसाइलम प्रणालीलाई पुनजीर्वित गर्न श्रृंखलाबद्ध आदेशहरु दिनेछ ।

त्यस्तै आज बाइडेनले अमेरिकाको अध्यागमन प्रणालीप्रति विश्वास जगाउन विभिन्न आदेशहरु जारी गर्नेछन् । जस अन्तरगत हालै ल्याइएका अध्यागमनबारेका नीतिको सम्पूर्ण पुनरावलोकनका लागि सरकारी निकायलाई आदेश दिइनेछ । कानूनी अध्यागमन प्रणालीमा अवरोध उत्पन्न गर्ने सबै नीतिको पुनरावलोकनका साथै पब्लिक चार्जको नीतिबारे बाइडेनले आज महत्वपूर्ण कदम चाल्नेछन् ।

अमेरिकामा आएर स्वास्थ्य, आवास वा खाद्यान्नबारे सरकारी सुविधा लिनेहरुका सन्दर्भमा उनीहरुले सुविधा लिएको रकम उनीहरुलाई स्पोन्सर गर्नेहरुबाट तिराउने ट्रम्पको मेमोलाई बाइडेनले खारेज गर्नेछन् । ग्रिनकार्ड आवेदनका सन्दर्भमा ल्याइएको पब्लिक चार्जको नीति पुनरावलोकनका लागि सरकारी निकायलाई निर्देशन दिनेछन् । त्यस्तै अमेरिकी नागरिकताको प्रकृयालाई पनि व्यवस्थीत बनाउनेछन् ।

बाइडेनले यी कार्यकारी आदेशहरु शुक्रबार नै जारी गर्ने तय भएपनि आजका लागि पछाडि सारिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com