नुवाकोटमा नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीमा तोडफोड भएको छ ।
ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी सवार गाडीमा नुवाकोटको बट्टार क्याम्पस अगाडि प्रचण्ड-माधव पक्षले कालोझण्डा देखाउनुका साथै ढुंगामुढा गरेको बताइएको छ । ढुंगामुढापछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ ।
ओली कदमको विरोध गर्न भेला भएका प्रचण्ड-माधव पक्ष र ओली पक्षबीच झडप हुँदा ढुंगामुढा भएको थियो । झडपमा तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।