सन् २०२० मा जन्मिएको बच्चाका लागि राहत चेकको ११ सय डलर प्राप्त हुने


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

तपाईको सन् २०२० मा बच्चा जन्मिएको छ? यदि छ भने तपाईको परिवारमा नयाँ सदस्यको आगमन भएकोमा तपाईलाई पहिलो बधाई । दोश्रो बधाई तपाईले पाउने राहत चेकका लागि । तपाईले सन् २०२० मा जन्मेको बच्चाका लागि सुरुको ५ सय डलर र दोश्रोपटकको ६ सय डलरको राहत चेक प्राप्त गर्नुहुनेछ ।

बाबुआमाले अन्य आम्दानीको मापदण्ड पूरा गरेको भएमा सन् २०२० को जनवरी १ देखि डिसेम्बर ३१ भित्र जन्मेका बच्चाका लागि दुबै राहत चेक प्राप्त हुने भएको छ । अर्थात् २०२० भित्र जुनसुकै मितिमा जन्मेका बच्चाका लागि दुबै चेक प्राप्त हुनेछ ।

सन् २०२० मा जन्मेको बच्चाबारे आईआरएसले थाहा नपाएका कारण बच्चा बाहेकको राहत चेक प्राप्त गरेकाले ट्याक्स फाइल गर्दा बच्चाको दुईचरणको ११ सय डलर प्राप्त गर्नेछन् । योग्यता पूगेर पनि अन्य कारणले राहत चेक नपाएका बाबुआमाले बच्चाको समेत रकम जोडेर राहत चेक प्राप्त गर्नेछन् ।

७५ हजार भन्दा कम आम्दानी भएका एकल व्यक्ति, १ लाख १२ हजार ५ सयभन्दा कम आम्दानी भएका घरमूली र १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले बच्चाको राहत चेक पूर्णरुपमा प्राप्त गर्नेछन् । ट्याक्स फाइल गर्दा उक्त रकम रिकभरी रिबेट क्रेडिटका रुपमा प्राप्त हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइआरएसले आगामी फेब्रुअरी १२ देखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्नेछ । तपाईको सन् २०२० को आम्दानी कम भएका कारण आईआएसएको नियम अनुशार ट्याक्स फाइल गर्न नपर्ने भएतापनि तपाईले यसपटक छुटेको राहत चेक प्राप्त गर्नका लागि ट्याक्स फाइल गर्न उचित हुनसक्छ ।

यदि सन् २०२० मा तपाईले डिभोर्स गर्नुभएको थियो भने अवस्था फरक हुनसक्छ । डिभोर्स गरेको अवस्थामा गैर संरक्षक अभिभावकको नाममा पहिले नै चेक गएको थियो भने उक्त चेक आईआरएसलाई फिर्ता गर्नुू पर्दैन । तर बच्चा आफ्नो संरक्षणमा रहेको तर राहत रकम नपाएको पुष्टी गर्ने अभिभावकले भने बच्चाका तर्फबाट रकम प्राप्त गर्न सक्नेछन् ।

रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com