ट्याक्स फाइल गर्दा यसरी प्राप्त गर्नुहोस् तपाईले नपाएको राहत चेक


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

कोरोना महामारी सम्बन्धि कुनै राहत प्राप्त गर्न सक्नुभएको छैन भने यसपटक ट्याक्स फाइल गर्दा तपाईले रकम प्राप्त गर्न सक्नुहुनेछ । साथै अर्नड इन्कम ट्याक्स क्रेडिट अधिकतम ६ हजार ६ सय ६० डलरसम्म र थप रिफण्डयुक्त चाइल्ड ट्याक्स क्रेडिट प्राप्त गर्न सक्नुहुनेछ ।

आइआरएसले आगामी फेब्रुअरी १२ देखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्नेछ । तपाईको सन् २०२० को आम्दानी कम भएका कारण आईआएसएको नियम अनुशार ट्याक्स फाइल गर्न नपर्ने भएतापनि तपाईले यसपटक फरक कारणले ट्याक्स फाइल गर्न उचित हुनसक्छ ।

यदि तपाईले कोरोना महामारी सम्बन्धि कुनै राहत प्राप्त गर्न सक्नुभएको छैन भने यसपटक ट्याक्स फाइल गर्दा तपाईले त्यस्ता रकममा दावी गर्न सक्नुहुनेछ । महामारीका कारण केही ट्याक्सका नियमहरु फाइदाजनक भएका छन् ।

यदि तपाईले सन् २०२० मा एकल रुपमा बार्षिक ७५ हजारभन्दा कम, घरमुलीका रुपमा १ लाख १२ हजार ५ सय भन्दा कम र दम्पत्तिका रुपमा १ लाख ५० हजार भन्दा कम आम्दानी गर्नुभएको थियो र तपाईले सरकारबाट पाउने राहत चेक प्राप्त गर्नुभएको छैन भने तपाईले १२ सय डलर र ६ सय डलरका दुईवटा राहत चेक प्राप्त गर्ने उपयुक्त माध्यम ट्याक्स फाइल हो । यदि तपाईका डिपेन्डेन्ट बालबच्चाहरु रहेका छन् भने तपाईहले प्राप्त गर्ने रकम अझ बढी हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि सन् २०२० मा तपाईले डिभोर्स गर्नुभएको थियो भने अवस्था फरक हुनसक्छ । डिभोर्स गरेको अवस्थामा गैर संरक्षक अभिभावकको नाममा पहिले नै चेक गएको थियो भने उक्त चेक आईआरएसलाई फिर्ता गर्नुू पर्दैन । तर बच्चा आफ्नो संरक्षणमा रहेको तर राहत रकम नपाएको पुष्टी गर्ने अभिभावकले भने बच्चाका तर्फबाट रकम प्राप्त गर्न सक्नेछन् ।

रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।

तपाई अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि पनि योग्य हुनसक्ने सम्भावन रहन्छ । तर त्यसका लागि तपाईसँग भएका बालबच्चाका आधारमा आम्दानीको थ्रेसहोल्ड तोकिएको हुन्छ ।

अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

सामान्यतया यदि तपाई बच्चा नभएका विवाहित दम्पत्ति हुनुहुन्छ भने तपाईको कुल आम्दानी सन् २०२० मा २१ हजार २१० भन्दा धेरै हुनुहुँदैन । तर तपाईका तीनवटासम्म बच्चा छन् भने ५६ हजार ८ सय ४४ डलरभन्दा कम आम्दानी हुनेहरु पनि योग्य हुनसक्छन् । यसमा आईआरएसका अरु मापदण्डहरु पनि पूरा गर्नुपर्छ ।

अर्नड इन्कम ट्याक्स क्रेडिटबारे थप जानकारीका लागि यहाँ हेर्नुहोला । 

यो क्रेडिट बच्चा नभएकाहरुले एकजनाले ५३८ डलरसम्म र बच्चा हुनेहरुले ६ हजार ६ सय ६० डलरसम्म प्राप्त गर्नसक्छन् । कोरोना महामारीबाट प्रभावितलाई बढी रकम प्रदान गर्न यो नियम केही ट्वीस्ट समेत गरिएको छ । अर्थात् तपाईले बढी क्रेडिट प्राप्त गर्न २०२० वा २०१९ मध्ये जुनसुकै बर्षको आम्दानीको आधार छनौट गर्न सक्नुहुनेछ ।

यदि तपाई रिफण्डयुक्त चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य हुनुहुन्छ भने पनि त्यस्तै नियम लागु हुनेछ ।

चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

यदि साना व्यवसायीहरुले अनुदानमा रुपान्तरण भइसकेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकम प्राप्त गरेर विजनेश खर्चमा लगाएको भएमा आम्दानी बाहिरबाट भुक्तान गरेको सन्दर्भमा संघीय ट्याक्स रिटर्नमा त्यो खर्च घटाउन पाउनेछन् । मिनाहा दिइएको ऋण ट्याक्स फ्रि रकमका रुपमा रहनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com