संरक्षक गुमाएका बालबालिका : कठ्याङ्ग्रिने जाडोमा भोकभोकै विद्यालय !


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

❒ थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका-३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी आधारभूत विद्यालय खानी गाउँको हो ।

❒ उनीहरुको बाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनीहरु गरिबीसँग जुधेर भए पनि पढाइमा भने अब्बल छन् ।

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका-३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी आधारभूत विद्यालय खानी गाउँको हो ।

यो विपन्न बालबालिका पढ्ने विद्यालयको रुपमा परचित छ । एउटा पातलो लुगामा देखिएका चार वर्षीय सिर्जन प्रजा यहाँ पढ्छन् । उनको बाबुले दुई वर्ष अघि आत्महत्या गरे । बाबुको मृत्युपछि भूकम्पले भत्काएको घर पुनः निर्माण प्राधिकरणको सहयोगमा बनाउँदै गर्दा आमा ६ महिना अघि विवाह गरेर गएपछि सिर्जन अब टुहुरा भए । ६ वर्षीया दिदी आक्रेसी र ११ वर्षीया आक्रोसी उनका अभिभावक भएका छन् जो सँगै विद्यालय आउजाउ गर्छन् ।

एकसरो लगाउने लुगा छैन । मैलो भएको लुगा, अनुहारमा समेत निन्याउरो पार्दै विद्यालय आएका उनीहरु कहिलेकाहीँ मात्र घरमा खाना खाएर आउने गरेको उनीहरुले राससलाई बताए । घरमा कोही नभएपछि मामाघर वृद्ध हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था टिठलाग्दो र दयनीय छ । जसको अब कोही नभए पनि पढ्नमा भने अब्बल रहेको र विद्यालयको उत्कृष्ट विद्यार्थी रहेर पनि सबै किसिमको सहयोग गर्न नसकिएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताए ।

त्यहाँ अध्ययन गर्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गङ्गा र जमुना मगरको आमाले एक वर्षअघि गरिबीले आत्महत्या गरेकाले सहाराविहीन बन्न बाध्य भए । उनीहरुको अभिभावक भनेको कक्षा २ मा पढ्ने दावा र कक्षा ३ मा पढ्ने गीता मगर मात्र हुन् । चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदूरी गर्छन् । कहिलेकाँही मात्र घरमा खाने कुरा ल्याउछन् । धेरैजसो घरमा आउँदैनन् । खाने कुरा अभावमा उनीहरु धेरैजसो खाली पेट विद्यालय आउँछन् । भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुको बाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनीहरु गरिबीसँग जुधेर भए पनि पढाइमा भने अब्बल छन् । विद्यालयले दिने खाजाका लागि आउने र पढाइमासमेत राम्रो भएका चेपाङ र मगर परिवारका बालबालिका अवसर पाए प्रगति गर्नसक्ने क्षमता भएका विद्यार्थीमध्ये रहेको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर लोहनीले बताए ।

चरम गरिबीले सरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगी र अन्य दाताहरुलाई सहयोग उपलब्ध गराउने वातावरण बनाउन विद्यालयका शिक्षकहरुले आग्रह गरेका छन् । विद्यालयमा ३० दलित, सात चेपाङ, २९ जनजाती र अन्य ३६ गरी १०२ बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लोहनीले जानकारी दिए । विद्यालयमा ४५ छात्रा छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com