बालुवाटार घेराउ गर्न पुगेका मानवअधिकारकर्मीमाथि प्रहरीको धरपकड


प्रकाशित मिति : माघ १२, २०७७ सोमबार

❒ प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने गलत कदमविरुद्ध प्रदर्शन गर्न बालुवाटार पुगेका मानव अधिकारकर्मीहरु पक्राउ

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने गलत कदमविरुद्ध प्रदर्शन गर्न बालुवाटार पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई धरपकड गरेको हो ।

उनीहरुले ‘प्रम ओलीः आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर’, ‘अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयास बन्द गर’ किर्ते बन्द गरलगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।त्ससपछि प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै पक्राउ गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com