गायक रत्न बाँनियाको निधन


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

❒ मिर्गौलाको रोगले पीडित बाँनियाको बुधबार उपचारको क्रममा निधन

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

गायक रत्न बाँनियाको निधन भएको छ । मिर्गौलाको रोगले पीडित बाँनियाको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बानियाँले नेपाली गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् । उनका ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायतका गीत चर्चित छन् ।

बाँनियाका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com