बाइडेन राष्ट्रपति भएपछि सिमाबाट छिर्न पाइने आशामा हजारौंको लस्कर अमेरिकातर्फ


प्रकाशित मिति : माघ ३, २०७७ शनिबार

❒ लस्कर होण्डुरसबाट ग्वाटेमालातिर छिरेको र उक्त लस्करमा हजारौं

❒ बाइडेनले आफ्ना प्रतिबद्धताहरु पूरा गर्नुपर्ने माग, अमेरिकी सिमाक्षेत्रमा आइसकेपछि न्यानो स्वागत पाउने अपेक्षा

❒ ग्वाटेमाला र मेक्सिकोको सरकारले बाटैबाट फर्काउने संकेत

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण नजिकिदै गर्दा मेक्सिको र अमेरिकाको सिमाक्षेत्रबाट अमेरिका छिर्न हजारौंको लस्कर अमेरिकातर्फ अगाडि बढेको छ । उक्त लस्कर होण्डुरसबाट ग्वाटेमालातिर छिरेको र उक्त लस्करमा एकहजारभन्दा धेरै व्यक्ति रहेको एपीले जनाएको छ ।

बाइडेनले आफ्ना प्रतिबद्धताहरु पूरा गर्नुपर्ने माग गर्दै उनीहरु उत्तरतर्फ अगाडि बढेका छन् । अमेरिकी सिमाक्षेत्रमा आइसकेपछि उनीहरुले न्यानो स्वागत पाउने अपेक्षा गरिरहेका छन् । ट्रम्प प्रशासनले शरणलाई निरुत्साहन गर्दै विभिन्न नियमहरुको घोषणा गरेको सन्दर्भमा बाइडेन प्रशासनमा उनीहरुले शरण पाउने अपेक्षा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले सिमा सुरक्षा र अध्यागमन लगायतका क्षेत्रमा ट्रम्प प्रशासनले ल्याएका कैयन नीतिहरु उल्टाउने प्रतिबद्धता जनाएका छन् । सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई मेक्सिकोमा प्रतिक्षा गर्नुपर्ने ट्रम्प प्रशासनको नियमलाई पनि बाइडेनले खारेज गर्ने अपेक्षा गरिएको छ ।

ग्वाटेमालातिर आइरहेका आप्रवासीहरु कहाँसम्म आउन सक्छन् भन्नेबारे स्पष्ट छैन । किनभने उनीहरुलाई ग्वाटेमाला र मेक्सिकोको सरकारले फिर्ता पठाउने संकेत दिइसकेका छन् । त्यसैले उनीहरु मेक्सिको र अमेरिकाको सिमाक्षेत्रसम्म आइपुग्नमा भने समस्या रहेको छ ।

डोनाल्ड ट्रम्पका विभिन्न नीतिहरुका कारण सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम खोज्नेहरुको संख्यामा गिरावट आएको थियो । बाइडेन प्रशासनको अवधिमा भने सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर एसाइलम खोज्नेहरुको संख्यामा बढोत्तरी हुने अनुमान गरिएको छ ।

यसैबीच ग्वाटेमाला छिर्न खोज्नेहरु र सुरक्षाकर्मीहरुबीच सिमाक्षेत्रमा झडपहरु भएका छन् । उनीहरु गैरकानुनी रुपमा ग्वाटेमाला छिर्न खोज्दा झडप भएका हुन् । ग्वाटेमालाका सुरक्षाकर्मीहरुले परिवार र केटाकेटीहरु सहित सयौंलाई नियन्त्रणमा लिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com