सुरक्षाको कारण देखाउँदै युएससीआईएसबाट जनवरी १९ र २० का सबै अप्वाइन्टमेन्ट रद्द


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

❒ अप्वाइन्टमेन्ट लिएका व्यक्ति र युएससीआईएसका कर्मचारीहरुको सुरक्षालाई ध्यानमा राखेर युएससीआईएसका फिल्ड अफिसहरु, एसाइलम अफिसहरु, बायोमेट्रिक लगायतका सुविधा दिने एप्लीकेशन सपोर्ट सेन्टरहरुमा सबै अप्वाइन्टमेन्टहरु रद्द

❒ जनवरी १९ र २० मा अप्वाइन्ट तय भएकाहरुका लागि युएससीआईएसले अर्को अप्वाइन्टमेन्ट तय गरेर सुचित गर्ने, युएससीआईएसको वेवसाइट र सम्पर्क केन्द्रहरु भने सम्पर्कका लागि खुला नै रहने 

❒ १३ लाख बायोमेट्रिक अप्वाइन्टमेन्ट पेन्डिङ, मार्चदेखि जुनसम्म व्यक्ति उपस्थीत हुने सेवाहरु स्थगित भएकाले अप्वाइन्टहरुको नयाँ मिति तय गर्नमा नै  हम्मे हम्मे 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

युएससीआईएसले जनवरी १९ र २० का व्यक्ति उपस्थीत हुनुपर्ने सबै अप्वाइन्टमेन्ट रद्द गरेको छ । युएससीआईएसका फिल्ड अफिसहरु, एसाइलम अफिसहरु, बायोमेट्रिक लगायतका सुविधा दिने एप्लीकेशन सपोर्ट सेन्टरहरुमा सबै अप्वाइन्टमेन्टहरु रद्द गरिएको हो ।

अप्वाइन्टमेन्ट लिएका व्यक्ति र युएससीआईएसका कर्मचारीहरुको सुरक्षालाई ध्यानमा राखेर अप्वाइन्टमेन्टहरु रद्द गरिएको युएससीआईएसले जनाएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणको दिन र पूर्वसन्ध्यामा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर अप्वाइन्टमेन्ट स्थगित गरिएको हो ।

जनवरी १९ र २० मा अप्वाइन्ट तय भएकाहरुका लागि युएससीआईएसले अर्को अप्वाइन्टमेन्ट तय गरेर सुचित गर्नेछ । नयाँ अप्वाइन्टमेन्टको मितिसहित उनीहरुले युएससीईएसबाट अनलाइनमा वा हुलाकमार्फत सुचना प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसको वेवसाइट र सम्पर्क केन्द्रहरु भने सम्पर्कका लागि खुला नै रहने युएससीआईएसले जनाएको छ । आफ्नो केसको अवस्था जाँच लगायतका अन्य अनलाइन टुलहरु पनि उपलब्ध हुने जनाइएको छ ।

कोरोनाको महामारीका कारण युएससीआईएसले पहिले नै रद्द गरेका अप्वाइन्टहरु अझै पुन तय गर्ने काम पूरा गरेको छैन । यो अवस्थामा जनवरी १९ र २० का लागि तय भएका हजारौं अप्वाइन्टमेन्टहरु रद्द हुँदा सेवाग्राहीहरु अन्यौलमा परेका छन् ।

हालैमात्र युएससीआईएसले १३ लाख बायोमेट्रिक अप्वाइन्टमेन्ट पेन्डिङ रहेको र सबैको मिति तय गर्न ४ महिनासम्म लाग्नसक्ने जनाएको थियो । कोरोनाको महामारीका कारण मार्चदेखि जुनसम्म व्यक्ति उपस्थीत हुने सेवाहरु स्थगित भएकाले उक्त अवधिका अप्वाइन्टहरुको नयाँ मिति तय गर्नमा नै युएससीआईएसलाई हम्मे हम्मे परिरहेको छ ।

महामारीका कारण युएससीआईएसमा बायोमेट्रिक अप्वाइन्टमेन्टको भयानक ब्याकलग श्रृजना भएको छ । मार्चदेखि जुनसम्म पहिले नै मिति तय भएका झण्डै २ लाख ८० हजार बायोमेट्रिक अप्वाइन्टमेन्टहरु रद्द गर्नुपरेकाले र त्यसपछि पनि कोरोनाको महामारी कारण पूर्ण क्षमतामा काम गर्न नसकेकाले कैयन आवेदकको बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति आउन ढिलो भइरहेको छ ।

जुलाईपछि आंशिक क्षमतामा काम सुरु गरेपनि सामाजिक दुरीको मापदण्ड, स्थानीय आदेशहरु, खराब मौषम र सरसफाईका कारण सेवा प्रभावित भएको छ ।

सेप्टेम्बरसम्म युएससीआईएसका एप्लीकेशन सपोर्ट सेन्टरहरुले ५० प्रतिशत क्षमतामामात्र काम गरेको र त्यसपछि ६५ प्रतिशत क्षमतामा काम गरेको जनाइएको छ । युएससीआईएसले अहिले सम्भव भएसम्म आवेदकका पूरानै बायोमेट्रिक प्रयोग गरेर नयाँ बायोमेट्रिकका लागि उपस्थीत हुन नपर्ने सुचनाहरु पठाइरहेको छ । पूरानै बायोमेट्रिक प्रयोग भएकाहरुका सन्दर्भमा आई ७९७ सुचना पठाएर जानकारी दिइएको छ । उपस्थीत हुनैपर्नेहरुका बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति दिने गरिएको छ ।

अहिले महामारीका कारण रद्द भएका बायोमेट्रिक अप्वाइन्टमेन्टका सन्दर्भमा नयाँ मिति दिने काम समेत पूरा नभएको युएससीआईएसले जनाएको छ । हरेक दिन औषतमा १० हजार ४ सयको बायोमेट्रिक अप्वाइन्टमेन्ट तय गरिएको युएससीआईएसले स्पष्ट पारेको छ । यही दरमा बायोमेट्रिक अप्वाइन्टमेन्ट दिंदासमेत डिसेम्बर मध्यसम्म अप्वाइन्टमेन्ट नपाएकाहरुले अप्वाइन्टमेन्टको मिति पाउन ४ महिनासम्म लाग्नसक्ने देखिएको छ ।

बायोमेट्रिक अप्वाइन्टमेन्टहरु सुविधाको प्राथमिकताको आधारमा समेत तय गरिएको युएससीआईएसले जनाएको छ । कस्तो प्रकारको आवेदन हो, ती आवेदनमा पहिले प्राप्त भएको आवेदनको बायोमेट्रिक अप्वाइन्टमेन्ट पहिले दिने गरिएको जनाइएको छ । अप्वाइन्टमेन्टको प्रतिक्षा अवधि भूगोल र सपोर्ट सेन्टरको क्षमता अनुशार हुने जनाइएको छ ।

कोरोनाको महामारीका कारण सेनाको आवेदन र मुख्य आवेदकको अप्वाइन्टमेन्ट तय भएका परिवारका सदस्यका सन्दर्भमा बाहेक अन्य आवेदनका सन्दर्भमा विना अप्वाइन्टमेन्ट वाकइन बायोमेट्रिक संकलन गर्न नसकिने युएससीआईएसले जनाएको छ ।

ग्रिनकार्ड नविकरणको आवेदन दिएकाहरुलाई पनि बायोमेट्रिकको मिति दिनमा समस्या भएपछि जनवरीदेखि ग्रिनकार्ड नविकरणको नयाँ प्रकारको रिसिप्टले म्यादसकिएको १२ महिनासम्म ग्रिनकार्डको काम गर्ने प्रावधान ल्याइएको छ । युएससीआइएसले जनवरीदेखि ग्रिनकार्डको नविकरण आवेदनमा नयाँ प्रकारको रिसिप्ट जारी गर्ने जनाएको छ ।

युएससीआईएसले जारी गर्ने नयाँ प्रकारको रिसिप्टले आवेदकको पुरानो ग्रिनकार्डसँगै ग्रिनकार्डको म्याद सकिएको १२ महिनासम्म अमेरिकाको स्थायी बासिन्दाका रुपमा अस्थायी प्रमाणका रुपमा काम गर्ने भएको छ । ग्रिनकार्डको म्याद अगाडि पट्टीको भागमा उल्लेख गरिएको हुन्छ ।

अब ग्रिनकार्डको नविकरण वा पुनस्थार्पनाका लागि आवेदकले आई ९० फर्म भरिसकेपछि युएससीआईएसले आवेदन प्राप्त भएको ७ देखि १० दिनपछि हुलाकमार्फत नयाँ प्रकारको रिसिप्ट नोटिस अर्थात् आई ७९७ पठाउने भएको छ । उक्त रिसिप्ट नोटिस विशेष प्रकारको सुरक्षित कागजमा प्रिन्ट गरेर पठाइने युएससीआईएसले जनाएको छ ।

यही रिसिप्ट नोटिसले ग्रिनकार्डवाहक भएको प्रमाणका रुपमा मात्र काम गर्ने नभई अमेरिकामा काम गर्नका लागि वर्क परमिटका रुपमा समेत काम गर्नेछ । साथै अमेरिकाबाहिर यात्रा गरेर अमेरिका फर्कनका लागि समेत प्रमाणका रुपमा काम गर्नेछ । तर अमेरिकाबाहिरबाट अमेरिका फर्कदा भने यो रिसिप्टका साथमा एक्सपायर भएको ग्रिनकार्ड समेत पेश गर्नुपर्नेछ ।

अबदेखि ग्रिनकार्डको म्याद सकिन लागेका आवेदकहरुले ग्रिनकार्ड नविकरणका लागि आवेदन दिइसकेपछि बायोमेट्रिक अप्वाइन्टमेन्टका बेलामा एप्लीकेशन सपोर्ट सेन्टरबाट भने स्टीकर प्राप्त गर्ने छैनन् । यो स्टीकरले ग्रिनकार्डको म्याद सकिएका ग्रिनकार्डवाहकलाई समेत ग्रिनकार्डवाहक भएको अस्थायी प्रमाणको रुपमा काम गर्दै आएको थियो ।

पहिले नै बायोमेट्रिक अप्वाइन्टमेन्ट तय भइसकेका आवेदकका सन्दर्भमा भने पुनरावलोकन गरिएको नयाँ प्रकारको रिसिप्ट प्राप्त नगर्ने जनाइएको छ । उनीहरुले ग्रिनकार्डवाहकका रुपमा अस्थायी प्रमाणको स्टीकर बायोमेट्रिक अप्वाइन्टमेन्टकै बेलामा प्राप्त गर्नेछन् ।

कोरोना महामारीका कारण युएससीआईएसले १३ लाख भन्दा बढी आवेदकलाई बायोमेट्रिक अप्वाइन्टमेन्ट पठाउन नसकेको सन्दर्भमा नयाँ प्रावधान ल्याइएको हो । नयाँ प्रावधान अनुशार अब आवेदकले म्याद सकिएका ग्रिनकार्डमा यात्रा गर्नका लागि ग्रिनकार्डवाहक भएको अस्थायी प्रमाणका रुपमा दिइने नयाँ स्टीकरका लागि बायोमेट्रिक अप्वाइन्टमेन्ट कुनुपर्ने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com