आईआरएसबाट ट्याक्स फाइलको मिति घोषणा, फेब्रुअरी १२ देखि सुरु


प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार

❒  आईआरएसबाट ट्याक्स फाइलको मिति नियमितको तुलनामा ढिलो घोषणा, फेब्रुअरी १२ देखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्ने

❒  सकभर विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न सुझाव, राहत चेक नपाएकाहरुले उक्त रकम क्रेडिट वा रिफण्डका रुपमा पाउने

❒  बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताको रकम रिपोर्ट गर्नुपर्ने, ट्याक्स विथहोल्ड नगरेकाहरुले रकम तिर्नुपर्ने

❒  निशुल्क ट्याक्स फाइल गर्न चाहनेहरुका लागि निशुल्क फाइलिङ खुला, यसरी जाँच्नुहोस् आफ्नो योग्यता

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले ट्याक्स फाइलको मिति घोषणा गरेको छ । जस अनुशार फेब्रुअरी १२, २०२१ देखि ट्याक्स फाइल गर्न सकिनेछ । आईआरएसले उक्त दिनदेखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्नेछ ।

फेबु्रअरी १ अगाडि नै ट्याक्स फाइलको मिति घोषणा गर्ने अपेक्षा गरिएपनि अपेक्षा गरिएको भन्दा झण्डै २ साता पछाडिमात्र यो मिति घोषणा गरिएको छ । डिसेम्बर २७ मा परिवर्तन भएको ट्याक्स कानुन अनुशार थप प्रणालीको परीक्षणका लागि समय लाग्ने भएकाले ट्याक्स फाइल गर्ने मितिमा ढिलाई गरिएको जनाइएको छ ।

खासगरी दोश्रो चरणको राहत चेक समेत समावेश गर्नुपर्ने भएकाले केही ढिलाई गरिएको जनाइएको छ । अमेरिकामा कोरोनाको महामारीका कारण पहिलो र दोश्रो चरणको राहत चेकका लागि योग्य भएका तर कुनै कारणवश राहत चेक प्राप्त गर्न नसकेकाहरुले ट्याक्स फाइल गर्दा उक्त रकमको क्रेडिट प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटक सकभर विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । छिटो रिफण्ड प्राप्त गर्न चाहनेहरुले पनि विद्युतीय रुपमा ट्याक्स फाइल गर्नुपर्ने र डिपाजिटका लागि बैंक एकाउन्ट दिंदा उपयुक्त हुने आईआरएसको सुझाव रहेको छ ।

कतिपय कम्पनीहरु र पेशाकर्मीहरुले फेबु्रअरी १२ अगाडि नै अग्रिम फाइलका लागि आव्हान गरेपनि उक्त मितिभन्दा अगाडि विवरणमात्र संकलन हुने र वास्तविक रुपमा फाइल भने फेबु्रअरी १२ पछाडि नै हुने जनाइएको छ । आईआरएसको प्रणाली खुला भएपछिमात्र ती कम्पनी र ट्याक्स सम्बन्धी काम गर्ने पेशाकर्मीहरुले ट्याक्स फाइल गर्न सक्नेछन् ।

गतबर्ष औषत ट्याक्स रिफण्ड रकम प्रतिव्यक्ति २५ सय डलर रहेको थियो । यो बर्ष १५० मिलियन भन्दा धेरै ट्याक्स रिटर्न फाइल गर्ने अपेक्षा गरिएको छ । ट्याक्स फाइल गर्नुपर्ने डेडलाइन अप्रिल १५ सम्म रहेको छ । डेडलाइन थप हुनसक्ने सम्भावना रहेपनि अहिलेका लागि भने अप्रिल १५ कै डेडलाइन कायम गरिएको हो ।

यसपटक कोरोनाको महामारीका कारण कैयनले बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरेकाले १०९९ जी समेत रिपोर्ट गर्नुपर्नेछ । ट्याक्स विथहोल्ड नगरी पूरै रकम लिएकाहरुले ट्याक्स फाइल गर्दा रकम तिर्नुपर्ने अवस्था समेत आउनसक्छ ।

निशुल्क ट्याक्स फाइल गर्न चाहनेहरुका लागि सेवा प्रदायकहरुले विवरण स्वीकार गर्न सुरु गरिसकेका छन् । तर उनीहरुले पनि उक्त विवरण फेबु्रअरी १२ पछि नै आईआरएसलाई बुझाउनेछन् । यदि राहत चेक पूर्णरुपमा प्राप्त नगरेकाहरुले समेत निशुल्क फाइल गर्दा उक्त चेक दावी गर्न सक्नेछन् ।

निशुल्क फाइल गर्न चाहनेहरुले आफ्नो योग्यता थाहा पाउन र निशुल्क फाइल गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com