मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् ।

हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ । सामाजिक र पारिवारिक रुपमा अन्तरविरोध सिर्जना नहोस् भनेर प्रहरीले मिलापत्र गराउने गरेको छ । घरेलु हिंसाकै नौ घटना जिल्ला अदालत बागलुङमा मुद्दाको रुपमा दर्ता भएका छन् ।

पछिल्लो वर्षका कुनै पनि मुद्दा फैसला भएका छैनन् । जिल्ला अदालत बागलुङका अनुसार मुद्दाका प्रतिवादी धरौटी र तारेखमा रिहा भएका छन् । पछिल्लो पटक भएका आठ घरेलु हिंसाका घटना मुद्दा दर्ताको प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्क छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष बागलुङमा मानवअधिकार हननका घटनामा केही कमी आएको छ । कोरोना महामारीका कारण भएको लकडाउन र त्यसयता कोरोनाले पारिरहेको प्रभावका कारण घटनामा कमी आएको सरोकारवाला बताउँछन् । गत वर्ष सोही अवधिमा बागलुङमा १११ मानवअधिकार हननका घटना भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले तयार पारेको तथ्याङ्क हेर्ने हो भने यो वर्ष ६६ घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । “महामारीको समयमा घरेलु हिंसा थप बढेका छन्, तर खुलेर आएनन्”, इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले भनिन्, “यो समय विशेष गरी महिला र बालबालिकाका लागि सकसपूर्ण रह्यो ।”

बाल अधिकार उल्लङ्घनका ६, बलात्कार तथा यौन दुव्र्यवहारका ४, बालविवाह १, अपहरण तथा शरीर बन्धक १, बलात्कार ३, वैवाहिक बलात्कार १, बलात्कार प्रयास २, बहुविवाह ४, परिवारजनबाट हत्या १, सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लङ्घन १, राजनीतिक अधिकार ४ र गाली बेइज्जतीका १ घटनाको उजुरी प्रहरीमा परेको तथ्याङ्क छ ।

“मानव अधिकारको रक्षा र प्रयोगका लागि नागरिक आफै सचेत हुन जरुरी छ” प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, “जिल्लामा भएका मानवअधिकार उल्लङ्घनका घटनालाई कम गर्ने प्रयास भइरहेको छ ।” मानवअधिकार वर्ष पुस्तकका लागि तयार भएको तथ्याङ्कमा आत्माहत्या दुरुत्साहन र लकडाउनका बेला भएका खानलाउन र बस्न पाउने अधिकार उलङ्घनका घटनाको भने तथ्याङ्क समावेश छैन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com