सरकारविरुद्ध देशभर नाराबाजी, विद्यार्थीहरुद्धारा प्रधानमन्त्रीको पुत्ला दहन


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

संसद विघटन विरूद्ध विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन्। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपानिकट विद्यार्थीहरुले त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले पञ्चायत फर्कियो भन्दै सरकारको यो कमदप्रति चर्को नाराबाजी गरेका छन् । यो पञ्चायत होइन, केपी ओली तिमी श्री ५ होइनौं’, सर्वोच्च अदालत, तिम्रो परीक्षण सुरु भयो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनले पनि प्रदर्शन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद बैठकबाट संसद विघटन प्रस्ताव राष्ट्रपतिकहाँ पुर्‍याएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रस्ताव स्वीकृत गर्दै संसद विघटन गरेपछि यसको देशभर विरोध तीव्र भइरहेको छ। अहिले देशभका विभिन्न जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा चार्को नाराबाजी भएका छन् । उनीहरुले सरकारको यो कदम विरोध गर्दै प्रर्दशन गरेका हुन् ।

प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपतिले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी छिन्। संसद विघटनसँगै प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा भएको हो । विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालय शितल निवासले संसद विघटन गरेको जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेपछि राष्ट्रपति भण्डारीले संसद विघटनसँगै आम निर्वाचनको मितिसमेत तोकेकी छन् । संसद विघटनको प्रस्तावको अधिकांश मन्त्रीहरुबाटै विरोध भएको थयो । ओलीको यस गदमको सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।

तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।

युवाहरूले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवाविद्यार्थीले पुत्ला जलाएका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थीले प्रदर्शनसमेत गरिरहेका छन्।

पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै आन्दोलन थालेका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरे ।

विद्यार्थीहरुले ओलीविरुद्ध नाराबाजी गर्दै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु बताए । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com