तीन बर्ष लामो निंद्राबाट ब्यूझिएको काँग्रेस र ‘देश बचाउन राजा बोलाउने’लाई जवाफ


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

किशोर नेपाल

– किशोर नेपाल

डिसेम्बर १४ तारीख सोमवार नेपालको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले निंद्रा र तन्द्राको चक्रबाट आपूmलाई बाहिर निकाल्यो । कांग्रेसको शीर्ष नेतृत्वलाई लागेको थियो – ‘प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि कम्युनिष्टको मजेत्रो ओढेको अर्को एउटा संसदीय उपक्रम हो ।’

तर, त्यस्तो होइन रहेछ । तीन बर्ष लामो निंद्रा र तन्द्राबाट झसंग भएर ब्यूझिदा प्रमुख प्रतिपक्षी दलले धेरै कुरा गुमाइ सकेको थियो । तनहूँमा एउटा सानो पुलको उद्घाटन गर्न पुगेका बरिष्ठ नेता रामचन्द्र पौडेलका बिरुध्द सरकारी पार्टीका कार्यकर्ताले हुलहुज्जत र मारपीट गरेपछि ‘शान्ति सुरक्षा कायमराख्न’ आएको प्रहरीले उल्टै पौडेलमाथि आक्रमण नगरेको भए कांग्रेस निंद्राबाट ब्यूँझिनेमा शंका नै थियो ।

कांग्रेसको प्रदर्शनले प्रम ओली नेतृत्वको सरकारलाई कति झस्कायो वा कति तर्सायो ? यो मुख्य प्रश्न होइन । बर्तमान सरकार त यति ढीट छ कि यो न कसैले झस्काएर झस्किन्छ, न तर्साएर तर्सिन्छ । स्वयं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, बौध्दिक नेता झलनाथ खनाल, किसान नेता वामदेब गौतम र प्रवक्ता नारायणकाजी सहितका बरिष्ठ नेताहरु हप्mतौदेखि प्रम तथा अध्यक्ष ओलीमाथि लगाम कस्न खोज्दैछन तर अहिलेसम्म प्रम ओलीको गर्धन फेलापार्न सकेका छैनन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्रम ओली कुशासनका अनेकन उदाहरणबाट घेरिएकाछन । तै पनि, उनलाई त्यसको कुनै असर परेको छैन । उनले नेकपाका सम्पूर्ण ‘बिधि र प्रक्रियाहरुको’ खिल्ली उडाइ दिएका छन ।

कांग्रेसको प्रदर्शन, बर्तमान नेपाली राजनीतिको सन्दर्भमा, सा¥है ढिलो र सा¥है थोरै थियो । कांग्रेसले यो बिरोधको यो ज्वालामुखी त्यतिबेला, छ महिना अघि नै, ओकल्नसक्नु पर्दथ्यो, जतिबेला प्रम ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई समेत जानकारी नदिइ, संसदको बजेट अधिवेशनको खुसुक्क अन्त्य गरेका थिए ।

त्यतिबेला संसदका बिधि र प्रक्रिया मिचिएकोमा कसैले कुरा उठाएन । संसदीय पध्दतिमा मोह र स्नेहराख्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत कुरा नउठाएपछि संसदीय पध्दतिको उपयोगगर्ने नियतले दौरा सुरुवालमा सजिएका नेकपासंग के अपेक्षा राख्ने ? प्रधानमन्त्रीको मौखिक सिफारिशको आधारमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरिएको भ्mयाली पिटी दिइन । अधिवेशन अन्त्य गरिएको सिफारिशपत्र भोलिपल्ट प्रधानमन्त्रीको कार्यालयबाट राष्ट्रपतिको कार्यालयमा पुग्यो । सम्पूर्ण काम एकै झड्कामा तमाम भयो ।

प्रमुख प्रतिपक्षी कांग्रेसको प्रदर्शन सरकारका लागि असहज भएको देखिदैन । प्रम ओली आफनै शैलीमा कांग्रेस सभापति शेरबहादुर देउवासंग आफनो गहन मित्रता यथावत बनाउने सोचमा होलान । सभापति देउवाले पनि बिरोध प्रदर्शनको क्रममा हेटौंडामा आयोजित सभामा प्रम ओलीले गरेका शासन ब्यबस्थाको दुरुपयोगको चर्चा गरेनन । उनको ‘फोकस’ रैथाने नारा ‘राजा आउ देश बचाउ’ मा केन्द्रित रह्यो । उनी गर्जिए, ‘यो राजा आउ देश बचाउ भन्दै नारा सडकमा गुन्जिनुको कारण खोज्नुपर्छ, यसको मुख्य कारण अहिलेको सरकार नै हो ।’

सभापति देउवाको यो भाषण मूर्त थिएन, अमूर्त थियो । जसरी अमूर्त कवितामा क्रमहीन हिसावले चारैतिर छरिएका शब्दहरु मिलाएर भावको खोजी गर्नुपर्छ त्यसरी नै उनको भाषण बुझनुपर्ने बाध्यता थियो स्रोतालाई । सभापति देउवाले राजा आउ देश बचाउ नारा अहिलेको सरकारको कारण लागेको हो भनि सकेपछि प्रम ओलीको शासन असक्षम र भ्रष्ट भएको कारण लागेको हो भन्न किन सकेनन ?

संघीय राजधानी काठमाडौमा आयोजित बिरोध सभाका प्रमुख अतिथि तथा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गुनासो थियो, राजाको पालामा रुख रोप्दा टाउको फुट्यो, अहिले कम्युनिष्टको पालामा पुल बनाउँदा हाम्रो करङ्ग भाँचिएकोछ । सरकारमा भ्रष्टाचारमा आरोपितहरु नै पद र प्रतिष्ठासहित बसी रहेका छन । उनीहरुलाई मुद्दा लाग्दैन, अख्तियार लाग्दैन । सरकारले राज्यको ढुकुटीको चरम दुरुपयोग गरी रहेकोछ ।

प्रदेश नम्बर एकको राजधानी बिराटनगरमा आयोजित बिरोधसभामा पार्टीका महामन्त्री शशांक कोइरालाले देशमा भ्रष्टाचार बढेको र बिकास–निर्माण ठप्प भएको तथा सरकारले जनतालाई धोका दिएको बताउनु भयो । उहाँको आशा थियो : आगामी निर्वाचनमा कांग्रेसले बहुमतका साथ सरकार बनाउँछ ।

स्वाभाविक रुपले सांसद गगन थापा स्पष्ट थिए – ‘भ्रष्टाचारी खोज्न कहीं जानु पर्दैन, बालुवाटार गएपुग्छ । भ्रष्टाचार खोज्न कहीं जानुपर्दैन सिंह दरबार गएपुग्छ । प्रधानमन्त्रीकै संरक्षण र प्रोत्साहनमा ठूलठूला भ्रष्टाचार काण्ड भइ रहेकाछन ।’ बिरोध सभाको नेतृत्वको लागि धनगढी, कैलाली खटाइएका गगनको बिचारोत्तेजक भाषण जनताको आकर्षणको केन्द्र थियो ।

कांग्रेसले बिरोध प्रदर्शनमा ‘राजा आउ देश बचाउ’ नारामा बढी फोकस गरेकोमा कतिको टाउको दुखेको थियो । कांग्रेसको यो बिरोध सभा ‘सा¥है ढिलो र सा¥है थोरै’ भएपनि यसले ‘देश बचाउन राजा बोलाउने’ जमातलाई राम्रो जवाफ दियो । कांग्रेसको बिरोधले राजा बोलाउनेहरुको राजनीतिक धन्दा र हालैमा भएका राजावादी प्रदर्शनको धन्दालाई मन्दा बनाइ दियो । साथमा, ती बुध्दिजीवीहरुको नाकमा पनि कागको बिष्टा पोती दियो जो प्रतिगमनको पक्षमा यू–ट्यूबमा उफ्री उफ्री चिच्याइ रहेका थिए ।

जनता खुशी छन कि कांग्रेस तंग्रिएकोछ । संसदको गणीतीय समीकरणमा कांग्रेसले केहीगर्न नसकेपनि लोकतन्त्रप्रतिको आशा जगाएकोछ । नेकपा आफैं अप्ठेरोमा फँसेको बेला सरकारका तर्फबाट कुनैपनि किसिमको राजनीतिक घपलाबाजी हुन सक्दछ । माइक पायो कि बोली हाल्ने, कलम पायो कि लेखि हाल्ने कथित बौध्दिक प्रबृत्ति हावीहुँदै गएको अहिलेको सामाजिक परिस्थितिमा सावधानी एकमात्र उपाय भएकोछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com