महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत ३३ बर्षका नेपाली डाक्टरको निधन


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

अमेरिकाको न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका डाक्टर झाको निधनपछि परिवार शोकमा डुबेको छ ।

बिहान समेत विरामीको चेक गरेका उनको दिउसो अचानक हृदयघातबाट निधन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन्।

काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका थिए । उनको केहीबर्ष अगाडिमात्र नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।

श्रीमति श्वेता ठाकुरका साथमा रोशन झा

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका उनले केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका थिए । उनको रेजिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुख्यौली घर धनुषाको देवपुरा रुपेठा रहेका रविन्द्र झा र कविता झाका छोरा डाक्टर रोशन झा काठमाडौंमा नै हुर्केका थिए ।

रोशनकी पत्नी स्वेता ठाकुरले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डेन्टल सर्जरीमा ब्याचलर गरेकी हुन् । हाल उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनकी विद्यार्थी हुन् ।

झाको परिवारको सहयोगका लागि गोफण्डमीमा १ लाख ६२ हजार डलर संकलन भइसकेको छ । उनले ऋणधन गरेर पढेका र परिवारमा ३ लाख डलर ऋण भएकाले सहयोगका लागि रकम संकलन अभियान चलाइएको हो । कार्डियोलोजीमा आफ्नो करिअर खोजिरहेका उनले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर बिरामीहरुको सेवा गरेका थिए ।

उनको निधनप्रति मधेशी एसोसिएसन इन अमेरिकाले शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । संस्थाका महासचिव संगीत रौनियाले वक्तव्य जारी गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् ।

उनको परिवारलाई नजिकबाट चिन्ने डाक्टर जेपी शाहले खसोखाससँग भने – ‘उनको निधनबाट हामीहरु निकै स्तब्ध भएका छौं । यो दुखद घडीमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छौं।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com