पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन्।
गत कार्तिक ८ कोरोना संक्रमण पुष्टि भएका भट्टराई दम्पतीले एक महिनापछि आफूहरू दुवैले कोरोना जित्न सफल भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।
ट्वीटरमार्फत् उनले भनेका छन्- एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ। अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।