हङकङमा नेपालीले चलाएको रेष्टुरेन्ट आगलागीमा मृत्युहुने ७ नेपालीको सनाखत


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । याउमातेइस्थित रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु भएका ११ जनामध्ये सात नेपाली छन् । अन्य ९ जना घाइते भएका छन् ।

आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको मृत्यु भएको बताईएको छ ।

आगोमा परेका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ।

यी हुन् मृतक तथा घाइते :-

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com