यी हुन् ह्वाइटहाउसका टास्क फोर्स सदस्य डाक्टर फाउचीसहित कोभिड हिरोबाट न्युयोर्कमा सम्मानित नेपाली


प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

मंगलबार अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउची सहित केही नेपालीहरुलाई समेत न्युयोर्कको ब्रुकलिनमा कोभिड हिरो सम्मान प्रदान गरियो । ब्रुकलिन बोरो प्रेसिडेण्ट एरिक आडम्सले यस्तो सम्मान प्रदान गरेका हुन् । ब्रुकलिन बोरो हल अगाडि गरिएको कार्यक्रममा सम्मानित हुनेमा नेपाली संचारकर्मीदेखि सामाजिक अभियन्तासम्म थिए ।

सम्मानित हुनेमा न्युयोर्कमा कोरोना महामारीमा खटेका उर्गेन शेर्पा, आनन्द बिष्ट, डा बिष्णुमाया परियार, लोक चेम्जोंग लगायत रहेका छन् । शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले कोरोना महामारीका बेलामा अग्रपंक्तिमा रहेर काम गरेका थिए ।

न्युयोर्कमा कोरोनाबिरुद्ध ‘कम्युनिटी फस्ट रेस्पोण्डर’ शेर्पा किदुग र सारथी उर्गेन शेर्पा

त्यस्तै आनन्द बिष्टले नेतृत्व गरेको कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुहले कोरोनाको महामारीको बेलामा उल्लेख्य काम गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा कोरोना प्रभावितको सहयोगमा बेतलबी फ्रन्टलाइनर आनन्द बिष्ट

त्यस्तै डा बिष्णुमाया परियार महामारीमा नेपाली विद्यार्थीहरुदेखि समस्यामा परेका अन्य नेपाली समुदायका व्यक्तिलाई सहयोगमा जुटेकी थिइन् ।

महामारीमा सबैलाई सहयोग गर्दै मनकारी बिष्णुमाया

त्यस्तै कोरोना महामारीमा खसोखासले सुचना सम्प्रेषणमा गरेको योगदानका लागि प्रधानसम्पादक किशोर पन्थी र अँग्रेजी सम्पादक राजन थपलिया सम्मानित भए । त्यस्तै कोरोना महामारीमा समाचार सम्प्रेषणमा खटेका नेपाली संचारकर्मी अकुर लुईटेलपनि सम्मानित भए ।

खसोखास यसअगाडि सिटी युनिभर्सिटी अफ न्युयोर्कको डिजिटल फस्ट रेस्पोण्डरको सुचीमा आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्ने न्युयोर्कका टप ४ मिडियामा छनौट भएको थियो भने अमेरिकाभरका मिडियाहरुमा भने आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्नेमा खसोखास टप ५० भित्र परेको थियो ।

आप्रवासीलाई समाचार दिने न्युयोर्कका टप ४ मिडियामा खसोखास, अमेरिकाभरमा ५० भित्र

सम्मानित हुने एन्थोनी फाउची न्युयोर्कको ब्रुकलिनमा जन्मिएका र हुर्किएका थिए । उनले उक्त सम्मान स्वीकार गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन एकदमै नजिक रहेको आशा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै फाउचीले भ्याक्सिन छिट्टै आउँदै गरेको बताएका छन् । उनले भने -‘भ्याक्सिन आउँदैछ । हामीले यो सबैबाट एकसाथ मुक्ति पाउँदैछौं ।’

फाउचीलाई विज्ञान र कारणको च्याम्यिनका रुपमा सम्मान गरिएको बु्रकलिन बोरो प्रेसिडेण्ट एरिक आडम्सले बताए । झण्डै २६ लाख जनसंख्या भएको ब्रुकलिन अमेरिकाको चौथो ठूलो सिटी हो । उक्त सिटीले मंगलबार दिउसो १२ बज्नु अगाडि फाउची लगायतलाई सम्मान गरेको हो ।

फाउचीले अरु हिरोहरुसँगै सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले आफ्नो जवानीको समय स्मरण गर्दै ब्रुकलिन आफ्नो डीएनएमा भएको बताए । आफूलाई कसैले वासिंटनमा भइरहेको सबैचीजमा कसरी माथि राख्छस् भनेर सोध्दा ब्रुकलिन शशक्त रहेको बताउने गरेको फाउचीले बताए । फाउचीले यसो भन्दा तालीको गडगडाहट भएको थियो ।

फाउचीले भयानक कोरोना नियन्त्रणमा ल्याउन सकेकोमा न्युयोर्कबासीलाई बधाई समेत दिए । फाइजरको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको समाचार आए लगत्तै फाउचीले गरेको सम्बोधनमा भ्याक्सिनको विषयलाई समेटिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com