उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने सीसीएमसीको निर्णय
प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको हो । हालसम्म एक लाख ३६ हजार दुई सय १६ जनाको उद्धार गरी स्वदेश फर्काइएको छ ।
यस्तै, सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरिएको छ । केबलकार, जङ्गल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको छ ।