अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

२९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् ।  पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन् ।  ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन् । जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ ।

औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी रहेपनि अहिलेसम्मको मत परिणाम अनुशार बाइडेनलाई विजयी घोषणा गरिएको हो । इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपम अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ ।

बाइडेनले पेन्सिलभेनियामा ३३ लाख ४५ हजार ९ सय ६ मत ल्याएका छन् भने डोनाल्ड ट्रम्पले ३३ लाख ११ हजार ४ सय ४८ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव ५ प्रतिशतको अग्रता कायम गरेर पेन्सिलभेनियामा जितेका हुन् ।

त्यस्तै जर्जियामा पनि बाइडेनले जित्ने सम्भावना उच्च रहेको छ । जर्जियामा अहिलेसम्मको मत परिणाम अनुशार बाइडेनले २४ लाख ६१ हजार ४ सय ५५ मत ल्याएका छन् । ट्रम्पले २४ लाख ५४ हजार २ सय ७ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव २ प्रतिशतले अग्रता कायम गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ ।

अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदबारका लागि विजयी राज्यहरुको घोषणा गर्छन् ।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो । व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भएपनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागेको हो ।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ । त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थीत भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ । त्यसपछिमात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ । यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो ।

पेन्सिलभेनियामा यदि पहिलो र दोश्रो उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशत वा त्यो भन्दा कम मतको अन्तर भएमा स्वत: पुन: मतगणना हुने प्रावधान छ । अन्यथा कुनै पनि डिस्ट्रक्टको तीनजना मतदाताले गणनामा गल्ती भएको अभियोगसहित पुन: गणनाका लागि आइतबारसम्म अनुरोध पेश गर्नसक्छन् । त्यसका लागि कुनै मार्जिनको आवश्यकता हुँदैन ।

त्यस्तै मिसिगनमा यदि पहिलो र दोश्रो उम्मेदबारबीच २ हजारभन्दा कम मतको अन्तर भएमा स्वत: पुन: मतगणना हुने प्रावधान छ । यदि पुन: गणनाका लागि अनुरोध गर्नुपरेमा मतगणना पूरा भएको ४८ घण्टाभित्र गर्नसकिन्छ ।

विसकन्सिनमा ४ हजारभन्दा कम मत खसेको स्थानमा ४० भन्दा कम मतको अन्तर भएमा पुन: गणनाका लागि अनुरोध गर्न सकिन्छ । ४ हजारभन्दा बढी मत खसेको स्थानमा १ प्रतिशत भन्दा कम मतको अन्तर भएको खण्डमा उम्मेदबारले पुन: मतगणनाको अनुरोध गर्नसक्छन् । कुनै पनि पुन: गणना १३ दिनभित्र पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै एरिजोनामा १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा स्वत: पुन: गणना हुन्छ । २५ हजारभन्दा बढी मतदान भएको स्थानमा २ सय भन्दा कम मतान्तर रहेमा पनि स्वत: पुन: गणना हुन्छ । त्यस्तै २५ हजारभन्दा कम मतदान भएको क्षेत्रमा मतान्तर ५० वा त्यो भन्दा कम छ भने पनि स्वत: पुन: गणना हुन्छ ।

जर्जियामा स्वत: पुन: मतगणनाको प्रावधान छैन । तर निश्चित अवस्थामा उम्मेदबार र अधिकारीहरुले पुन: गणनाको अनुरोध गर्नसक्छन् । निर्वाचन अधिकारी वा जर्जियाका सेक्रेटरी अफ स्टेटले पनि कुनै गल्ती भेटाएको खण्डमा पुन: गणनाको आदेश दिनसक्छन् ।

नेभाडामा मतगणना सकिएको ३ दिनभित्र पुन: मतगणनाका लागि अनुरोध गर्न सकिन्छ ।

नर्थ क्यारोलिनामा निश्चित अवस्थामा पुन: मतगणनाका लागि अनुरोध गर्न सकिने प्रावधान रहेको छ । १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा पुन: गणनाको अनुरोध गर्नसकिन्छ । मतगणना सकिएको एकदिनभित्र यस्तो अनुरोध गर्नुपर्छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com