पेन्सिलभेनियामा पनि बाइडेन अगाडि


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियामा जो बाइडेनले अग्रता कायम गरेका छन् । हिजोसम्म डोनाल्ड ट्रम्पको अग्रता कायम रेहेको पेन्सिलभेनियामा आज विहान ९ बज्न अगाडि बाइडेनले अग्रता कायम गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म पेन्सिलभेनियामा बाइडेनले ५ हजार ६ सय ६ मतले अग्रता कायम गरेका छन् ।पेन्सिलभेनिया जितेमा बाइडेनलाई ह्वाइटहाउस प्रवेशका लागि बाटो खुल्ला हुनेछ ।

त्यस्तै जर्जियामा राष्ट्रपति उम्मेदबार जो बाइडेनले अर्का उम्मेदबार डोनाल्ड ट्रम्पलाई उछिनेका छन् । जर्जियामा १०९७ मतले बाइडेन अगाडि रहेका छन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

जर्जियामा राष्ट्रपति चुनावको इतिहास ।

जर्जियामा बाइडेनले जितेको खण्डमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेशको बाटो खुल्नेछ । जर्जिया नजितेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई नर्थ क्यारोलिना, पेन्सिलभेनिया र नेभाडामध्ये एउटा राज्य जित्नुपर्छ ।

 

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।

नर्थ क्यारोलिना र नेभाडाको अन्तिम चुनावी परिणाम आउन लामो समय लाग्ने अनुमान गरिएको छ । त्यसैले अहिले सबैको ध्यान जर्जिया र पेन्सिलभेनियातिर रहेको छ । नोभेम्बर ३ को पोष्टमार्क भएका र नोभेम्बर १२ सम्म हुलाकबाट आइपुगेका मतपत्रहरु समेत नर्थ क्यारोलिनामा गणना गरिनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com