बाइडेनका पक्षमा १२९ इलेक्टोरल मत, ट्रम्पका पक्षमा १०९


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले १२९ इलेक्टोलर मत जीतेका छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

त्यस्तै अहिलेसम्मको मत परिणाम अनुशार डोनाल्ड ट्रम्पले १०९ इलेक्टोलर मत जीतेका छन् । तर पपुलर भोटमा भने डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । पपुलर भोटमा ट्रम्प बाइडेनभन्दा झण्डै १२ लाखले अगाडि छन् ।

श्रोत : फक्स न्यूज

यतिबेला सबैको ध्यान ब्याटलग्राउण्ड राज्यहरुमा रहेको छ । ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा ट्रम्प अगाडि छन् । तर सन् २०१६ को चुनावमा ट्रम्पले जितेको एरिजोनामा बाइडेन अगाडि छन् । एरिजोनामा ६५ प्रतिशत मत परिणाम आइसकेको छ । एरिजोनाबाट ११ इलेक्टोरल मत प्राप्त हुन्छ ।

कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ । जर्जियामा ५४ प्रतिशत मत परिणाम आउँदा ट्रम्प अगाडि देखिएका छन् । सन् २०१६ मा ट्रम्पले जितेको आयोवामा पनि बाइडेन अगाडि देखिएका छन् । पेन्सिलभेनियामा २७ प्रतिशत मतपरिणाम आउँदा ट्रम्प अगाडि देखिएका छन् ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com