देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, ‘नागरिकलाई राज्यको साथ’


प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देसवासीका नाममा आज सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताए ।

उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने बताए । हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीको भनाई छ । यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com