यसबर्ष पनि न्यूयोर्कमा नेपाल डे परेड हुने


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

न्यूयोर्क/गत वर्ष झै यस वर्ष पनि न्यूयोर्कमा नेपाल डे परेड हुने भएको छ । आगामी में २१ तारिख आईतबार म्यानहाटनमा सो परेड देखाइनेछ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ प्रमुख अतिथिका रुपमा उपस्थित हुने भएका छन् ।

परेड मेनह्याटनको ३८ देखि २७ स्ट्रिट र मेडिसन एभिन्यूमा आयोजना हुने भएको छ । गत बर्ष में २२ तारिख मेनह्याटनको ब्रोड वे अन्तर्गत २९ र १७ स्ट्रिटमा परेडको आयोजना गरिएको थियो । यो बर्ष अघिल्लो बर्ष छुटेका बिभिन्न सामाजिक संघरसंगठनहरुलाई पनि आयोजक समितिमा आवद्ध गरिएको छ । राजनैतिक दलका भातृ संघरसंगठनहरुलाई सम्मानित रुपमा आतिथ्य गराउने परेडका संयोजक मंगल दास श्रेष्ठले बताए ।

बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको परेडका लागि ११ सदस्यीय आयोजक समिति र ७ उपसमितिहरुको गठन समेत गरिको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । परेडको लागि २० देखि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकको अनुमान छ ्र आवश्यक खर्चको लागि अघिल्लो बर्ष संकलित रकम मध्येबाट बचेको ९ हजार डलर र अन्य रकमको लागि प्रायोजकहरुबाट संकलन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

मध्यान्ह १२ बजे ३८ स्ट्रिट र मेडिसन एभिन्युबाट परेड आरम्भ हुने परेडमा बिभिन्न सामाजिक संघ,संस्थाहरुको अगुवाईमा विविध् मौंलिक एवं जातिय पहिचान झल्किने झाकी तथा र्याली प्रर्दशन गरिने कार्यक्रम रहेको छ । नेपाल र नेपालीको परिचय झल्कने तुल, ब्यानर र प्लेकार्ड सहित बिभिन्न गीत र सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै परेड ३८ स्ट्रिटबाट २७ स्ट्रिटसम्म पुग्नेछ । कार्यक्रम बारे संयोजक मंगल दास श्रेष्ठ भन्छन् “परेडमा सहभागीहरु मेडिसन एभिन्यु अन्र्तगत २७ स्ट्रिटमा जम्मा भएसँगै बिभिन्न कलाकारहरुले दुई घण्टा समयावधीमा विविध् सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् ।” सांस्कृतिक कार्यक्रम पश्चात् सोहि स्थानमा परेडको समापन गरिने कार्यक्रम रहेको छ । नेपालको धार्मिक, सांस्कृतिक एवं पर्यटकियस्थल झल्कने व्यानरसहितको फ्लोट ट्रक समेत राखिने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

को–को छन् कमिटीमा

यसैबीच दोस्रो नेपाल डे परेड – २०१७ सम्पन्न गर्नको लागि ११ सदस्यीय स्टेरिङ्ग कमिटि र ७ उपसमिति गठन गरिएकोछ । स्टेरिङ्ग कमिटी र गठित उप(समितिहरुको नामावली यसप्रकार रहेको छ ।

कन्भेनर, नेपाल डे परेड २०१७
मंगल दास श्रेष्ठ

सदस्यहरु
रविकिरण कोइराला
उर्गेन शेर्पा
अमित शाह
सुमन बुढामगर
संगीनी रानामगर
भोजराज थोकर
सृजना स्याङदान
कुन्ती थापा
विजया सिम्खडा
गीता पन्थ

उप–समितिहरुः
आर्थिक समिति, रविकिरण कोइराला
झाँकी समिति, डम्बर जंग गुरुङ
स्वयम् सेवक समिति, राजकुमार विष्ट
र्याली ब्यावस्थापन समिति, मणी बाङ्देल
सांस्कृतिक समिति, सुमन बुढामगर, सृजना स्याङ्दान र अभय ढुङ्गेल
सरसफाई समिति,  लुईसाङ वाईबा तामाङ
प्रचाररप्रसार समिति, गीता पन्थ

कुन-कुन संस्था छन् त परेडका आयोजकहरु ?

यस बर्षको परेडका आयोजक संस्थाहरुको संख्या गतसालको भन्दा बढि रहने भएको छ । हालसम्म न्यूयोर्क र अन्य राज्यमा क्रियाशील बिभिन्न ४० नेपाली सामाजिक संघरसंस्थाहरु परेडको आयोजक संस्था रहेकाछन् । यद्यपी यो संख्या अझै बढ्ने आयोजक पक्षले जानकारी गराएको छ । गतसाल २४ वटा संस्थाहरुको संयुक्त आयोजनामा परेडको आयोजना गरिएको थियो ।
गत वर्षका अन्य मुख्य दुइ आयोजक संस्था किन बाहिर ?
साढे ३ दर्जन भन्दा बढि परेड आयोजक संस्था र आयोजकले उक्त संख्या बढ्ने दाबी गर्दै आए पनि गत सालका केहि संस्थाहरु आयोजकको सूची बाहिर रहेकाछन् । सूचीमा नेपाली कांग्रेसको प्रवास संगठन को रुपमा चिनिने नेपाली जनसम्पर्क समिति, अमेरिका र एमाले निकट भनिने प्रवासी नेपाली मञ्च, अमेरिका परेड आयोजकमा छैनन् ।

प्रवासमा राजनैतिक दलका कारण विखण्डित बन्दै गएको नेपाली डायस्पोरा र समाजलाई स्वच्छ र एकिकृत ढंगले अघि बढ्दै जानु पर्ने पर्ने आवश्यकतालाई मध्येनजर गर्दै राजनैतिक दलका भातृ संघरसंगठनहरुलाई आयोजक संस्थाको रुपमा नसमेटेर सम्मानित रुपले परेडमा आतिथ्यता गर्नरगराउने आयोजकको दाबी रहेको छ ।

प्रवासी मञ्चको आपत्ति

यसैविच आईतबार प्रवासी नेपाली मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रभु थापाले प्रवासी मञ्चकै भिजनमा शूरु भएको नेपाल डे परेडमा मञ्चलाई नै बाहिर पारिनु आपत्तिजनक भएको बताए । ‘प्रवासी मञ्चले अमेरिकामै सवैभन्दा पहिले टेक्सासमा नेपाल डे परेडको आयोजना गरेको हो र त्यसैगरी अमेरिकाको अन्य शहरहरुमा पनि त्यस्तै कार्यक्रम गर्ने मञ्चको योजना थियो त्यसैले गत वर्ष सवै नेपालीको कार्यक्रम भएकाले अन्य संस्थाहरुलाई पनि मिलाएर गत वर्ष न्यूयोर्कमा पनि गरिएको हो ।’ थापाले भने –‘तर म अहिले सुन्दै छु हामिलाई नै सहभागी नगराइकन कसैले कार्यक्रम गर्दैछन रे त्यसो हो भने यो आपत्तिजनक छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै मञ्चका पूर्व अध्यक्ष एवं गत वर्षको न्यूयोर्कमा भएको नेपाल डे परेडका  को -कन्भेनर संजय थापाले पनि कार्यक्रमको वास्तविक सुत्राधारलाई नै वाइपास गरेर कार्यक्रम गर्न लागिएकोमा आपत्ति जनाए । तर पनि कार्यक्रम सवै नेपालीको भएकाले कसैले वाइपास गर्दैमा यो कार्यक्रम कसैको पेवा नहुने ठोकुवा गरे । प्रवासी मञ्च पनि यसको आयोजक भएको जिकिर गरे । ‘गत वर्ष हामिले व्यापक जनपरिचालन गरेर भव्य र सभ्यरुपमा कार्यक्रम ग¥र्यौ’ तर कार्यक्रमपछी कहिल्यै पनि आयोजक संस्थाकाविचमा छलफल र मिटिङ गरिएन । आर्थिक हिसाव किताव पनि गरिएन ।’ उनले भने ‘तर अचानक अहिले आएर के स्वार्थ र उद्धेश्यले हो हामी मुख्य आयोजकलाई नै थाहै नदिइकन कार्यक्रम गर्न लागिएको छ ।’ कार्यक्रम सवै नेपालीको भएकाले प्रवासी नेपाली मञ्च पनि यसको विरोध गर्न नमिल्ने देखेर नै आफुुहरुलाई पन्छाइएको उनको गुनासो थियो । सामाजिक काम गर्दागर्दै पनि जवर्जस्ति भातृ संगठनको लेवल भिराएर समाज विभाजनकारीको ट्याग लगाइएकोमा आपत्ति जनाउदै भने ‘त्यसो हो भने जातिय काम गर्ने संगठनचाही कसरी संयोजनकारी हुन सक्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com