यसरी अमेरिकाबाट नेपाल जानसक्छन् नेपाली पासपोर्टवाहक र एनआरएन


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

नेपालमा चाडपर्व आइरहँदा अमेरिका निवासी नेपालीहरुको नेपाल जाने चाहना हुनसक्छ । तर उनीहरुले नेपाल जाँदा केही नियमहरुको पालना गर्नुपर्ने हुन्छ ।

नेपाल यात्रा गर्नु पर्ने नेपाली राहदानी वाहकहरुले  अमेरिकामा रहेको नेपाली दूतावासको वेभसाईटमा राखिएको लिङ्कमा गई अनलाईन फाराम भरी पठाउने र स्वास्थ्य प्रोटोकलमा रहने गरी नेपाल जान सकिनेछ।

यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेभसाईटमा गई अनलाईन फारम भरी सब्मिट गरेर बारकोड सहितको प्रिन्ट गर्ने वा त्यसको स्क्रिनसट आफ्नो मोवाइल डिभाइसमा राख्ने र बोर्डिङको समय देखि गन्तव्यमा नपुगुञ्जेल सम्म बिभिन्न ठाउँमा देखाउनु पर्ने हुनसक्ने भएकोले अनिवार्य रुपमा प्रमाण साथमा राख्नु होला।

यस्तो प्रमाण साथमा नभएको/ देखाउन नसक्दा कतिपय यात्रु महानुभावहरु समस्यामा पर्नु भएको जानकारी प्राप्त भएको छ।साथै यसलाई एउटै राहदानी नम्वरवाट दुई पटक इन्ट्री गर्न नमिल्ले देखिएको छ।तसर्थ पहिलो पटक इन्ट्री गर्दा होशियारीपूर्वक पेश गरे पछि प्राप्त हुने बारकोड सहितको कागजात सुरक्षित राख्नु होला।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकावाट नेपाल यात्रा गर्नु हुने सवै यात्रुहरुले कोभिडको परिक्षण गरी स्वाब संकलनको समय देखि बोर्डिङको समयसम्म ७२ घन्टा भन्दा बढि नहुने गरी पीसीआर नेगेटिभ नेगेटिभ भएको प्रमाण पत्र बोर्डिङ हुने समय देखि गन्तव्यमा पुग्ने समय सम्म बिभिन्न ठाउँमा देखाउनु पर्ने भएकोले प्रमाण साथमा राख्नु हुन समेत अनुरोध गरिन्छ।

बिदेशी नागरिकहरुको लागि ‘भिसा अन अराइभल ‘शुरु नभएको र नेपाल सरकारको पूर्व स्विकृती वेगर यात्रा गर्न नमिल्ने हुनाले नेपाल सरकारको निर्णयानुसार नेपालमा जन्म भई हाल विदेशी राहदानी प्राप्त गरेका गैह्र आवासीय नेपालीहरुहरुलाई राजदूतावासको शिफारिशमा मात्र यात्रा गर्न मिल्ने व्यवस्था गरिएको गरिएको छ ।

तर राजदूतावासले शिफारिस गर्ने आधारहरु अति जरुरी यात्राको लागि मात्र भएको, एकाघरका परिवारका सदस्यको मृत्यु भएको वा गम्भिर स्वास्थ्य भएको कारण अन्तिम अवस्था भई भेटन नगई नहुने भएमा वा आफ्ना नेपाली राहदानीवाहक अविभावकहरुसंग यात्रा गर्नु पर्ने नावालकहरुलाई मात्र यात्रा गर्न शिफारिस गर्न सकिने आधार बिद्यमान भएकोले यात्रा गर्नु पर्ने कारण उल्लेख गरी [email protected] मा इमेल गरी यात्रा गर्ने ब्यक्तिको राहदानी तथा जानु पर्ने कारण उल्लेख गरी त्यसको प्रमाण समेत स्क्यान गरी पठाउन सकिनेछ।

श्रोत: नेपाली दूतावास अमेरिका ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com