केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम्फालेका युवाको उपचारको क्रममा मृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ ।

आइतबार डेरामा आफैँलाई आगो लगाएपछि उनलाई आमाले अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हाम्फालेका थिए । अस्पतालका अनुसार खड्का मानसिक रोगी रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com