बहराइनका राजकुमार चढे मनास्लु हिमाल


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। सम्मिट ट्रेक्स प्रालिका अनुसार टोलीले बिहीबार बिहान ६ बजे मनास्लुको सफल आरोहण गरेको हो ।

टिमको नेतृत्व विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका छन् ।

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ ।राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए। गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए।

यसअघि राजकुमारको टोलीले लोबुचे हिमालको आरोहण गरिसकेको छ । बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न भदौ ३१ गते नेपाल आएका थिए।

उनिहरुले सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com