आईसीयू पाउनै मुस्किल, अस्पताल चहार्दा–चहार्दै जान्छ संक्रमितको ज्यान


प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार

– सुरज घिमिरे

कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा सोही अनुसार स्वांस्थ्य संरचनाको अभावमा उपचार नपाएरै विरामीले ज्यान गुमाउने गरेका छन् । सरकारको कमजोर पूर्वतयारीका कारण प्रयाप्त आइशोलेशन बेड, आईसीयू र भेन्टिलेटर अभावमा संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोरोना संक्रमित महिलालाई आईसीयू बेडको अभाव भएपछि दाङको कोरोना विषेश अस्पताल बेलझुण्डी पुर्याइयो । उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी समेत रहेकी उनको आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भयो ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ८४ वर्षीय पुरुष स्वासप्रश्वास र ज्वरो आएपछि शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भए । स्वासप्रश्वासमा झनै समस्या देखिन थालेपछि उनको स्वाब परीक्षण गरियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारको लागि आईसीयू चाहिने देखियो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर रिफर गरियो । उपचारका लागि रिफर गरिए पनि कोहलपुर लैजाने क्रममा आईतबार बिहान कपिलवस्तुको धानखोलामा मृत्यु भयो । उनी मुटुका दीर्घरोगी समेत थिए ।

यी प्रतिनिधि घटनामात्र हुन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि आईसीयूमा र भेन्टिलेटर अभावमा विरामीको ज्यान जाने गरेका छन् । लुम्बिनी प्रदेशको बुटवल लगाएत प्रदेशका विभिन्न ठाउँमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दा जोखिम झन बढेको छ ।

संक्रमित बढ्दै जाँदा अस्पतालमा सीमित संख्यामा उपलब्ध सघन उपचार कक्ष, शैया र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको चिकित्सकहरूको भनाई छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टन राजेन्द्र खनालले भने, ‘दिनानुदिन कोरोना संक्रमित थपिएका छन् तर संक्रमितलाई आईसीयू पाउन धौ–धौ हुन थाल्यो ।’

लुम्बिनी प्रादेशिक अस्पतालबाट सञ्चालन भएको कोरोना विशेष अस्पतालमा हाल १७ शैयाको आईसीयू बेड छ भने ४ वटा भेन्टिलेटर छ । तर आईसीयू सबै भरिएका छन्, भेन्टिलेटर खाली छन् ।

‘रुपन्देहीमा २ वटा मात्र कोरोना अस्पताल त्यसैमा आईसीयू बेड थोरै भएकोले आईसीयू खाली छ कि भन्दै सोध्ने फोन बढी आउँछ,’ अस्पतालका कोरोना फोकल पर्शन डा. सुर्दशन थापा भने, ‘आईसीयू खाली नहुँदा राख्न नसक्ने अवस्थामा छौं । यहाँको आईसीयूमा आउने बिरामी सरकारी र निजी अस्पतालमा कुरेर बसेका छन् ।’

निजी अस्पतालमा आईसीयूमा खर्च बढी लाग्ने भएकाले धेरै बिरामी सरकारी अस्पताल मै जान चाहाने उनको भनाई छ । सरकारी अस्पतालमा आईसीयू बेडको अभाव भएपछि संक्रमितहरू निजी अस्पतालमा समेत भर्ना भएका छन् । रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा पनि संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा संक्रमितलाई छुट्याइएको ५ बेडको आईसीयू नै भरिएको अस्पतालका सुचना अधिकारी नारायण पोख्रलले बताए । उनले आईसीयू बेड खाली नहुँदा संक्रमितलाई फर्काउन बाध्य रहेको बताउँछन् ।

‘गम्भीर खालका संक्रमित बढ्न थालेका छन् । उनीहरूलाई आईसीयूको जरुरी पर्छ । तर व्यवस्थापन गर्न गाह्रो भएको छ,’ उनी भन्छन्, बेड खाली नभएर फर्काउनुपर्दा दुःख लाग्छ ।’

भिम अस्पतालमा हाल २७ वटा आईशोलेसन बेड भएपनि सबै भरिएको डा. पोखरेलले बताए । अस्पतालमा ३ वटा भेन्टिलेटर भएपनि हाल भने सञ्चालन नभएको उनले बताए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com