बहराइनका राजकुमारसहितको टोली लोबुचे हिमालको चुचुरोमा


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् । ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोलीले आरोहण गरेको हो ।

यो वर्ष नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न गत भदौ ३१ गते काठमाडौं आएको थियो । टोलीमा राजकुमार र १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक छन् ।

अब उनीहरुले गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com