अमेरिकनले तपाईलाई किन भोट हाल्ने ? यस्ता जवाफ दिए ट्रम्प र बाइडेनले


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको पहिलो बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरुमा छलफल भष्यो । यी ६ वटा शीर्षकमध्ये हरेक शीर्षकमा बहसका लागि १५ मिनेट समेत तोकिएको थियो ।

अमेरिकी अर्थव्यवस्थालाई कोरोना महामारी र लकडाउनपछि कसरी लयमा फर्काउन सकिन्छ भन्नेबारे ट्रम्पले लकडाउनपछि पछि अमेरिकी अर्थव्यवस्था अपेक्षित भन्दा द्रुत मार्गमा रहेको बताउँदै आफू अमेरिकी इतिहासको सर्वश्रेष्ठ अर्थव्यवस्था निर्माण गरेको दावी गरे ।

बहसको बेलामा ट्रम्पले तिरेको करको विषय पनि आएको थियो । ट्रम्पले ७५० डलरमात्र कर तिरेको न्युयोर्क टाइम्सको रिपोर्टको प्रसंगमा ट्रम्पले आफूले लाखौं डलर ट्याक्स तिरेको दावी गरे । एकबर्ष ३८ मिलियन डलर र अर्को बर्ष २७ मिलियन डलर ट्याक्स तिरेको ट्रम्पले दावी गरे ।

जातीय विभेदको प्रसंगमा ट्रम्पले ओबामा बाइडेन प्रशासनका पालमा अमोरिकामा जातीय विभेद हुने गरेको तथा जातीय विभेद सम्बन्धि हिंशाहरु हुने गरेको बरु अहिले त्यस्ता घटना कम भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले ट्रम्प प्रशासनका पालामा अमेरिकामा कानून व्यवस्था बिग्रिएको बताए ।

अमेरिकनले तपाईलाई किन भोट हाल्ने ? भन्ने प्रश्नमा ट्रम्पले भने – ‘हाम्रो सरकार सबै भन्दा राम्रो प्रशासनिक सरकार हो। कोरोना आउनु अघि हामी विकासको पथमा थियौं, जसमा धक्का लागेको छ ।’

अमेरिकनले तपाईलाई किन भोट हाल्ने ? भन्ने प्रश्नमा बाइडेनले भने – ‘अमेरिका ट्रम्पको शासनअन्तर्गत अझ बढी कमजोर र गरीब हुनेछ। ट्रम्पको शासनमा धनी अझ धनी हुनेगर्छ भने गरिबहरू बढी गरीब हुन्छन्।’

कोरोना महामारीको बारेमा सोध्दा डोनाल्ड ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा अझ धेरैको मृत्यु हुने दावी गरे । जवाफमा बाइडेनले ट्रम्पसँग महामारीसँग लड्ने कुनै योजना नभएको भन्दै आलोचना गरे । अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु र ७० लाखबढी संक्रमित भएको अवस्थामा कोरोनाको विषयले बहसमा प्राथमिकता पाएको थियो ।

बाइडेनले कोरोना भाइरस महामारीको सामना गर्न ट्रम्प प्रशासन कामयावी नभएको भन्दै आलोचना गरे । ट्रम्पले महामारीको सामना गर्न सरकारले राम्रो काम गरेको दावी गरे । सरकारले कोरोना भाइरस विरूद्ध लड्न मास्क, पीपीई र औषधि ल्याएको तथा कोरोना भ्याक्सिन बनाउन केही हप्ता मात्र बाँकी रहेको ट्रम्पले बताए ।

भारत, चीन र रुसले कोरोनाबाट भएको मृत्यु तथ्यांक लुकाएको ट्रम्पले दावी गरे । ट्रम्प र बाइडेनले मास्कदेखि खोपहरू र सामाजिक दूरीसम्मका विषयमा एकअर्काको आलोचना गरे । बाइडेनले ट्रम्पलाई मास्क लगाउनेबारे गम्भीर नभएको आरोप लगाए । जवाफमा ट्रम्पले खल्तीबाट मास्क झिकेर देखाउँदै आवश्यक परेको बेला लगाउने बताए । बाइडेन जस्तो २०० फिट पर हुँदापनि ठूलो मास्क लगाउने आफूले नगरेको ट्रम्पले बताए ।

महामारीको बेलामा चुनावी जुलुसहरु भइरहेको बारेको प्रश्नमा ट्रम्पले भने – ‘बाइडेनले पनि यति धेरै भींड जम्मा गर्न सकेको भए यस्ता जुलुस गर्थे ।’

बाइडेनले ट्रम्पलाई कोरोना संक्रमण निको पार्न ब्लिच आफ्नो पाखुरामा हाल्न भन्दै मजाक उडाए ।आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा २० लाखको मृत्यु हुने ट्रम्पले दावी गरे । तर बाइडेनले यो कुरा झुठो भएको सबैलाई थाहा भएको बताए ।

बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए । ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ‘जोकर’ भने । बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे ।

कैयनपटक दुबैजना एकैपटक बोलिरहे । संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com