घरबाहिर दैनिक केही मिनेट हिड्ने व्यक्तिले काममा बढी ध्यान केन्द्रीत गर्नसक्छ: ब्रायन रोबिन्सन, पीएचडी


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

– ब्रायन रोबिन्सन, पीएचडी

दैनिक घरबाहिर केहीबेर हिडडुल गर्ने व्यक्तिले काममा बढी ध्यान केन्द्रीत गर्न सक्ने विभिन्न अध्ययनहरुले पुष्टी गरेको छ । आफ्नो कार्यस्थलमा कुनै पनि काममा रमाउनका लागि तपाईले सकेजति घरबाहिर प्राकृतिक स्थलहरुमा समय विताउने र हिड्ने गर्नुपर्छ ।

यदि तपाई काममा निकै डुब्ने गर्नुहुन्छ भने तपाई आफ्नो समय कोठाभित्र कार्यस्थलमा विताउने कुरामा कुख्यात हुनुहुन्छ । त्यसैले तपाईले काममा फोकस गर्नका लागि दैनिक केहीबेर बाहिर प्रकृतिमा हिड्ने बानी बसाल्नुपर्छ ।

वैज्ञानिकहरुका अनुशार घरबाहिर प्रकृतिमा विताउने समय तपाईको स्वास्थ्यलाई पुनर्जीवन दिने टिकट हो । दैनिक केबल २० मिनेटमात्र पार्कमा वा प्रकृतिसँग विताउँदा तपाईको इनर्जीको स्तरबृद्धि हुन्छ । साथै थकित मस्तिस्कलाई पनि उर्जा र ताजगी मिल्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि पार्कमा जान वा घरबाहिर निस्केर प्रकृतिको नजिक जान सम्भव नभएको खण्डमा झ्यालबाट भएपनि घरबाहिर प्रकृतिलाई नियाल्नुहोस् । केहीबेर झ्याल खोलेर बाहिर प्रकृतिको आनन्द लिनुहोस् ।

यदि तपाईले झ्याल खोलेर प्रकृतिको आनन्द लिने अवस्था छैन भने पनि जंगल, पानी, सूर्योदय, पार्क लगायतका दृश्यहरु तस्वीर वा भिडियोमा हेर्नुभयो भने पनि यसले तपाईको मुटुको गति कम गर्छ । स्वासप्रश्वासमा आनन्द आउँछ । र तपाईका मांशपेशीहरुलाई आराम दिलाउँछ ।

काममा व्यस्त हुने बेलामा समेत ५ मिनेट समय निकालेर एकैछिन बाहिर हिड्नुहोस् । वा बाहिर हिड्न मौषम खराब भएको खण्डमा घरकै सिढीमा तलमाथि गर्नुहोस् । व्यस्त सडकहरुको तुलनामा जंगलको बाटोमा हिड्दा तपाईले राम्रोसँग काम गर्नसक्ने र ध्यान केन्द्रीत गर्नसक्ने अध्ययनले देखाएको छ ।

त्यसैले कुनै पार्क खोज्नुहोस् वा प्रकृतिको मजा लिंदै खानेकुरा खानुहोस् । झरनाको नजिकमा गएर बस्नुहोस् । वा समय मिलेको खण्डमा चिडियाखानामा जानुहोस् । अनुहारमा हावाको झोक्का महसुस गर्नुहोस् । रंगहरु र फुल तथा पातहरुको सुगन्ध अनुभव गर्नुहोस् । कराइरहेका चराहरु र झ्याउकिरीप्रति ध्यान केन्द्रीत गर्नुहोस् । बगिरहेको पानीको आवाज सुन्नुहोस् ।

तपाईको मस्तिष्क रिचार्ज हुनेछ । काममा ध्यान केन्द्रीत हुनेछ ।

ब्रायन रोबिन्सन, पीएचडी

(डाक्टर ब्रायन रोबिन्सन मनोचिकित्सक लेखक हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिनामा प्रोफेशर समेत हुन् । उनका अवार्ड विजेता २ वटा उपन्यास र ४० ननफिक्सन पुस्तकहरु प्रकाशित छन् । उनका पुस्तकहरु विभिन्न १५ वटा भाषामा अनुदित छन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com